म्याग्दीका चार पुर्व पत्रकार उमेद्वार

Gandaki Pardesh notice

बेनी, यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीका चार जना पुर्व पत्रकार उमेद्वार वनेका छन् ।

नेपाल पत्रकार महासंघ म्याग्दीका चार जना सदस्य मध्य तीन जना नेकपा एमाले र एक जना नेकपा एकिकृत समाजवादी पार्टीबाट उमेद्वार बनेका हुन् । ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

Bhautik ministry notice about road

महासंघको दुई कार्यकाल शाखा अध्यक्ष रहेका सुरत केसीलाई नेकपा एमालेले बेनी नगरपालिकाको प्रमुखको उमेद्वार बनाएको छ । वि.स. २०६६ देखि २०७६ सम्म बेनीको म्याग्दीकाली एफएमको समाचार प्रमुख भएका केसी गोरखापत्र दैनिकको जिल्ला समाचारदाता तथा रुप्से दैनिक पत्रिकाको प्रकाशक रुप्से सञ्चार सहकारीका पुर्व अध्यक्ष हुनुहुन्छ ।

Shreekrishna hardwear in news

यसैगरी साधारण सदस्य प्रेमबहादुर कार्की (दिपक बिखर्ची) पनि एमालेबाट रघुगंगा गाउँपालिकाको अध्यक्षको उमेद्वार बन्नुभएको छ । शाखाका साधारण सदस्य लोकनाथ भुषाल (घायलश्री) पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवाको वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

बेनीबाट प्रकाशन हुने बुलबुल साप्ताहिकका प्रकाशक र बुलबुल अनलाइनका सञ्चालक भुषाललाई नेकपा एकिकृत समाजवादीले उमेद्वार बनाएको हो । शाखाका साधारण सदस्य राजकुमार थापा बेनी नगरपालिकाको वडा नम्बर १ को वडा सदस्यमा एमालेबाट उमेद्वार बन्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...