रत्नेचौरको विकासमा गठबन्धनका उमेद्वारको प्रतिवद्धता

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले मंगलबार बेनी नगरपालिका–१, रत्नेचौरमा सभा तथा वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।

रत्नेचौरमा आमसभा गरी मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीका ज्योती लामिछाने पौडेलले लामागरा, सारेमारे, उपल्लाचौर, माथिल्लो र तल्लो अर्जममा घरदैलो गरेका हुन् ।

आमसभामा नेपाली कांग्रेसका पूर्व सभापति रेशमबहादुर बानियाँ, नेकपा माओवादी केन्द्रका इन्र्जाज गोविन्द पौडेल, नेकपा माओवादी केन्द्रका प्रदेश सांसद विनोद केसी, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ लगायत गठबन्धनका नेताहरूले घोषणापत्र अनुसार नै बेनी नगरपालिका बनाउने गरी अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गठबन्धनले संविधानको रक्षा गरेको बताउँदै तीनै तहको निर्वाचनमा गठबन्धन गरी जाने बताएका थिए । सभामा मेयर शर्मा र उपमेयर लामिछानेले रत्नेचौरको धार्मिक तथा पर्यटनक विकास, कृषि सहित साझा आवश्यकतालाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो ।

वडाको आवश्यकताको आधारमा बजेट विनियोजन गरिने, कार्यान्वयनमा समेत समुदायलाई सक्रिय बनाउन समेत गठबन्धनलाई जिताउनुपर्नेमा नेताहरूको भनाई थियो । घरदैलो अभियानसँगै मतदाताहरूलाई शिक्षा समेत दिने गरी टोली परिचालन गरिने जनाइएको छ ।

नेपाली कांग्रेसका वडा इकाई सभापति तथा अध्यक्षका उमेद्वार कमल थापाको अध्यक्षता, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष सुरत बोगटीको स्वागत तथा नेका महाधिवेशन प्रतिनिधि बिक्रम बोगटीको सञ्चालनमा सम्पन्न भएको थियो । घरदैलोमा वडाका उम्मेदवारले संकलन गरेको समस्याका बारेमा समेत जानकारी गराइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...