रुमबासीसँग जुग्जालीले भने–‘ढुङ्गाखानीलाई बैधानिक बनाउछु’

Shreekrishna hardware

रुम, । नेकपा माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक तथा मालिका गाउँपालिका अध्यक्षका उमेद्वार रेशम जुग्जालीले पालिका भित्र रहेका ढुङ्गा खानीहरुलाई बैधानिक बनाउने प्रतिवद्धता जनाउनु भएको छ ।

स्थानीय तह चुनाव अन्तरगत वडा नम्बर २ रुममा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै जुग्जालीले मजदुरले लाभ लिने, ब्यापारिलाई सास्ती र झञ्जट नहुने, गाउँपालिकालाई आम्दानी भएर गाउँको विकासमा बजेट परिचालन गर्ने वातावरण बनाउने बताउनुभएको हो ।
“मालिकाको खानीको ढुङ्गाबाट छिमेकी ताराखोलाले करोडौ राजस्व उठाएको तर म्याग्दीको बाटो भएर पोखरा–काठमाडौ लैजाँदा लाखौ खर्चनुपर्ने र दुख पाउने अवस्था हटाउनुपर्छ,” उहाँले भन्नुभयो “कसैको स्वार्थ मिल्दा सहजै निकासी हुने, नमिल्दा समातिने, रोजिरोटी खोसिने अवस्था हटाउन संघीय, प्रदेश सरकारसँग समन्वय गरेर वैधानिकता दिन्छु ।”

Shreekrishna

शुसासन प्रमुख मुद्दा रहेको बताउदै जुग्जालीले सबै नागरिकलाई समान किसिमले विभेदरहित, छिटो छरितो सेवा प्रवाहको वातावरण बनाउने बताउनुभयो । औला–टाक्से हुदै रुम जोड्ने सडकको मार्ग पनि खुलाउने बताउदै जुग्जालीले सबै सडकमा बाह्ै महिना सवारी चल्ने बनाउने, सबै घरमा खानेपानी र केन्द्रिय लाइनको विद्युतको सुविधा पु¥याउने बताउनुभयो ।

Ban devision notice

सानो परिणाममा उत्पादन भएको कृषि उपजको पनि बजार सुनिस्चित गराउन संकलन केन्द्र बनाउने, युवाहरुलाई चाहना र क्षमता अनुसारको सिपमुलक तालिम दिएर रोजगार बनाउने, सबै गाउँका स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर बनाउने, गाउँका मानिसलाई आर्थिक रुपमा सक्षम बनाउने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्षका उमेद्वार गौरी सेञ्चुरीले देशको अवस्था परिवर्तन गर्ने ब्यवस्था फेरेको माओवादीको नेतृत्व आवश्यक पर्ने बताउनुभयो । “दलित, महिला, जनजातिले नेतृत्वमा पुग्ने अवसर पाउने ब्यवस्था माओवादीले ल्याएको हो,” उहाँले भन्नुभयो “पहिले बीस पच्चिस लाख बजेट आउने गाउँमा अहिले एक करोड भन्दा बढी आउने बनाएको माओवादीले अघि सारेको संघीय ब्यस्थाले हो ।”

कार्यक्रममा मालिका गाउँपालिका–२ का माओवादी केन्द्रका वडा अध्यक्षका उमेद्वार हर्कलाल दर्जी, वडा सदस्य दिलप्रसाद पुन (दिनेश), यामबहादुर पुन, तुलमाया पुन र पुनदेवी कर्मीले रुमलाई विकसित र सम्बृद्ध बनाउन माओवादीलाई मतदान गरेर जिताउन आव्हान गर्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...