‘भ्रष्ट्राचारको आरोप लगाउनेले आफ्नै पार्टीका उपाध्यक्ष र वडा अध्यक्षलाई सोध्नुहोस’ – श्रीप्रसाद रोका

Add Samajik bikash office

बेनी । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा सोमबार नेपाली कांग्रेसले चुनावी प्रचार कार्यक्रम गरेको छ ।
सभालाई सम्बोधन गर्दै कांग्रेस म्याग्दीका सचिव भरत रकालले नेपालको राजनीतिक परिवर्तनको अगुवाई गरेको काँग्रेसका उमेद्वारलाई जिताउन आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार तथा निवर्तमान अध्यक्ष श्रीप्रसाद रोकाले पहिलो कार्यकालमा हासिल भएका उपलब्धीलाई संस्थागत गर्न र अधुरा कामलाई पूर्णता दिन उमेद्वार बनेको बताउनुभयो ।
‘गाउँपालिकामा हामी (कांग्रेस) अल्पमतमा भएपनि माओवादी र एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष ज्युहरुको सकरात्मक सहयोगले गर्दा सफल भएको हुँ,’ उहाँले भन्नुभयो ‘एमालेका साथिहरुले गाउँपालिकामा भ्रष्टाचार र अनियमितता भयो भन्दै हिड्नुभएको छ ,त्यो सत्य होइन् । नपत्याए एमालेबाट निर्वाचित उपाध्यक्ष र वडा अध्यक्ष ज्युहरुलाई सोध्नुस् ।’
केही दिनअघि एमालेबाट गाउँपालिकाका अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजाले बिममा भएको सभालाई सम्बोधन गर्दै गाउँपालिकामा भ्रष्ट्राचार भएको आरोप लगाउनुभएको थियो । मालिकामा गत निर्वाचनमा उपाध्यक्ष र तीन जना वडा अध्यक्ष एमालेका थिए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उम्मेद्वार पिपला बुढाले गाउँपालिकालाई समृद्ध बनाउन आफुले उम्मेद्वारी दिएको बताउनुभयो । वडा नम्बर ५ की निवर्तमान वडा अध्यक्ष समेत रहनुभएकी बुढाले आफ्नो नेतृत्वमा वडाको समग्र विकास, सुशासन कायम लगायत विभिन्न क्षेत्रमा महत्वपुर्ण उपलब्धी हासिल गरेको बताउनुभयो ।
वडा अध्यक्षका उम्मेद्धार लोक कुमार पुनले वडाको समग्र विकास र सुशासन कायम गर्न आफुले उम्मेद्धारी दिएको बताउँनुभयो । कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष उम्मेद्धार तथा प्रदेशसभा (ख)का सभापति टंकप्रसाद पुन, कांग्रेस म्याग्दीका सल्लाहकार खिमबहादुर पुर्जा, कांग्रेस मालिका गाउँपालिकाका कार्यवाहक सभापति विरेन्द्र पुन, वडा सदस्य उम्मेद्धार चनदेवी पुन लगायतले कांग्रेसका उम्मेद्धारहरुलाई जिताउन सबैलाई अपिल गर्नुभयो । नेता मनमोहन छन्त्यालको सभापतित्व, वडा इकाई सभापति टुकमान जुग्जालीको स्वागत र प्रदेश सभा खका सचिव हिरा पुनले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...