दानामा काँग्रेसको चुनावी सभा

Gandaki Ghumau

दाना । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका संयुक्त उमेद्वारले सोमबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा चुनावी सभा गरेका छन् ।

नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका क्या. बलबहादुर तिलिजाले अन्नपूर्णलाई समृद्ध र विकसीत पालिका निर्माण गर्नका लागि आफु पालिका अध्यक्षमा उम्मेदवार बनेको बताउनुभयो ।

‘म विगत १५ बर्ष देखि जनताको सेवा नै सक्रिय नै छु, यो बिचमा मैलो धेरै जनताको आवश्यकता बुझेको छु,’ उहाँले भन्नुभयो ‘प्रत्येक वटामा बाह्रै महिना यातायात सञ्चालन हुने सडक, प्रत्येक टोलमा स्वास्थ्य संस्था निमार्ण गर्ने र युवालाई स्वरोजगार बनाउनेछु ।’

Shreekrishna
Gunasthariya Shiksya

समाज परिर्वतनको मुख्य कार्य शिक्षा रहेकाले अहिले सरकारी विद्यालयमा विद्यार्थी कम हुने समस्यालाई मध्येनजर गर्दै प्रत्येक विद्यालयलाई स्तरउन्नति गरेर विद्यालयमा विद्यार्थी संख्या बृद्धि गरेर गुणस्तर शिक्षा प्रधान गर्न आफुलाई विजय गराउन अनुरोध गर्नुभयो ।

उपाध्यक्षका उमेद्वार ललिता पुन तिलिजाले पालिकामा रहेका महिलाहरुको सिप तथा क्षमता विकास गरि आत्मनिर्भर बनाउने, स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महिलाहरुलाई आर्थिक अबस्थामा आत्मनिर्भर बनाउने आफ्नो पहिलो प्रतिबद्धता रहेको बताउनुभयो ।

त्यस्तै उक्त कार्यक्रममा वडा नं. ३ का नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सरत केसीले दानालाई पर्यटकीय, विकासीत संगै नमुना वडा बनाउन आफु उम्मेदवार भएको बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...