एमालेको मुनामा घरदैलो, ताकममा कार्यकर्ता भेला

Gandaki Ghumau

ताकम, । धवलागिरी गाउँपालिकाको मुनामा सोमबार नेकपा एमालेका उमेद्वारहरुले चुनाव प्रचारका लागि घरदैलो गरेका छन् ।

गाउँपालिका अध्यक्षका उम्मेदवार थमसरा पुन, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, गाउँपालिका कमिटी अध्यक्ष रेशम छन्त्याल, वडाध्यक्ष उम्मेदवार मदन मल्ल, सदस्य पदका उम्मेदवारहरु गंगा पुन, राजकुमारी विक, तमबहादुर पुन र लोकेन्द्र बुढासहित स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा घरदैलो गरेका हुन् ।

अध्यक्षका उम्मेदवार पुनले दुर्गम भेगको समग्र विकास गर्नका लागि आफू पुनः चुनाबी मैदानमा होमिएको बताउनुभयो । यसअघि दुर्गम वस्तीमा सडक र विद्युत पु¥याएको हुँदा अब विकास निर्माणलाई स्तरोन्नति गरिने उहाँको भनाइ छ ।

Shreekrishna
Gunasthariya Shiksya

उपाध्यक्षका उम्मेदवार कार्कीले अन्य पार्टीहरुको तुलनामा नेकपा एमालेले धेरै राम्रो काम गरेको बताउँदै काम गर्ने अवसर दिनका लागि आफू र आफ्नो पार्टीलाई चुनावमा भोट दिएर विजयी बनाउनुपर्ने बताउनुभयो ।

यसैबीच धवलागिरि–७, ताकममा एमालेको चुनावलक्षित अगुवा कार्यकर्ता भेला तथा उम्मेदवारबीच छलफल र अन्तत्र्रिmया भएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्मा र सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले पाँचदलीय सत्ता गठबन्धनले एमालेसँग एक्लाएक्ला प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन गरेको बताउनुभयो ।

गाउँपालिकाको उम्मेदवारसहित एमाले जिल्ला सचिवालय सदस्य देवबहादुर थापा, जिल्ला सदस्य अमृता भण्डारी, ताकमका वडाध्यक्ष कलानिधि सुवेदी, वडाध्यक्षका उम्मेदवार खुमबहादुर थापा (राजु), सदस्य उम्मेदवारहरु सरस्वती पौडेल, बालकुमारी सुनार, राजु हर्मेल, मनदेवी दमाई लगायतको उपस्थिति रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...