धवलागिरीमा एमाले र काँग्रेस–माओवादी गठबन्धनको रोचक प्रतिस्पर्धा

Add Samajik bikash office

सन्तोष गौतम
मुना । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेकपा एमाले र नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) को गठबन्धनका उमेद्वारहरुबीच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ ।

नेकपा एमालेका उमेद्वारसँग काँग्रेस–माओवादीले साझा उमेद्वार बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । धवलागिरीमा काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तह सम्म तालमेल गरेका छन् । अन्य दलका उमेद्वार भएपनि मुख्य प्रतिप्रर्धा एमाले र गठबन्धनका उमेद्वारबीच हुने आँकलन गरिएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यको ३७ वटा पदका लागि ८४ जना उमेद्वार छन् । अध्यक्षमा ५, उपाध्यक्षमा ३, वडा अध्यक्षमा ३१, खुल्ला वडा सदस्यमा ३३, महिला सदस्यमा १४ र दलित महिला सदस्यमा ११ जना उमेद्वार छन् ।

Shreekrishna hardwear in news

गुर्जाको वडा अध्यक्ष र चार जना सदस्य पदमा काँग्रेस–माओवादी गठबन्धन र स्वतन्त्र उमेद्वार निर्बिरोध भएका छन् । वडा अध्यक्ष दलित महिला सदस्य र महिला सदस्यमा क्रमश ः नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सतमाया वि.क. र सिता छन्त्याल निर्बिरोध हुनुभएको हो ।

यसैगरी माओवादी केन्द्रकै चुनाव चिन्हबाट मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्बिरोध हुनुभएको छ । स्वतन्त्र उमेद्वारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्बिरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । १० हजार ९४० जना मतदाता रहेको धवलागिरीमा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका थमसरा पुन, नेपाली काँग्रेसका प्रेमप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका बमबहादुर पाईजा, राप्रपाका होमबहादुर थापा र नेशनल मंगोल अर्गनाइजेशनका सकबहादुर पुन मगर उमेद्वार बन्नुभएको छ । उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा (माओवादी केन्द्रका रेशम पुन र मंगोल नेशनल अर्गनाइजेशनका खममाया रोका प्रतिस्पर्धामा उत्रनु भएको हो ।

थमसरा पुन

वडा नम्बर ४ खिवाङकी ५० वर्षीया थमसरा एमालेबाट दोस्रो पटक धवलागिरीको अध्यक्षमा उमेद्वार बन्नुभएको हो । नेकपा एमालेका जिल्ला उपसचिव समेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका वडा नम्बर ७ हिलापोखरीका ४० वर्षीय प्रेमप्रसाद काँग्रेसको धवलागिरी गाउँपालिका सभापति हुनुहन्छ ।

गाँँउपालिका अध्यक्षमा एमालेबाट आकाक्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उमेद्वारी दर्ता गराउनुभएको छ । एमालेको धवलागिरी गाउँपालिका कमिटीको अध्यक्ष धारापानीका थापा मनोनयन दर्ताका दिन राप्रपा प्रवेश गर्नुभएको थियो । एमालेबाट फुटेको नेकपा एकिकृत समाजवादीले वडा नम्बर ३ दरका बमबहादुर पाइजालाई गाउँपालिका अध्यक्षको उमेद्वार बनाएको छ ।

मंगोलका अध्यक्षका उमेद्वार सकबहादुर वडा नम्बर ७ शिवाङका हुनुहुन्छ । एमालेका उपाध्यक्षका उमेद्वार बनेका वडा नम्बर ७ ताकमका ३५ वर्षीय कार्की अस्थायी शिक्षकबाट राजनीतिमा आउनुभएको हो । उहाँ एमालेको जिल्ला कमिटि सदस्य हुनुहुन्छ ।

प्रगति कार्की
Bhautik ministry notice about road

गठबन्धनको तर्फबाट उपाध्यक्षको उमेद्वार बनेका मुनाका ३६ वर्षीय रेशम माओवादी केन्द्रका गाउँपालिका कमिटिको सचिव हुनुहुन्छ । जनयुद्धकालदेखि माओवादीमा आवद्ध पुन सेना समायोजनका क्रममा तत्कालीन जनमुक्ति सेनाबाट स्वच्छिक अवकास लिएर पार्टी राजनीतिमा आउनुभएको हो ।

एमालेले वडा नम्बर २ मा अकप्रसाद बिक, ३ मा मदन मल्ल, ४ मा यामप्रसाद घर्ति, ५ मा गिरप्रसाद छन्त्याल, ६ मा राजाराम उपाध्याय र ७ मा खुमबहादुर थापा (राजु)लाई वडा अध्यक्षको उमेद्वार बनाएको छ । गठबन्धनको तर्फबाट वडा न. २ मा काँग्रेसका ज्ञानबहादुर पाइजा, ३ मा काँग्रेसका देवेन्द्र रोका, ४ मा काँग्रेसका धनबहादुर रोका, ५ मा काँग्रेसका अमर छन्त्याल, ६ मा माओवादीका चक्रबहादुर पुन र ७ मा माओवादीका अशोक खत्रीलाई उमेद्वार बनाएका छन् । वडा अध्यक्षका उमेद्वार जुन पार्टीका हुन अन्य सदस्यहरु पनि सोही पार्टीको चिन्ह लिएर मनोनयन दर्ता गराएका छन् ।

सर्वसम्मत उमेद्वार छनौट हुन नसक्नु, अन्तिम अवस्थामा टिकट आउनु, पार्टीका पालिका कमिटिका अध्यक्षनै राप्रपाबाट उमेद्वार बन्नु, जिल्लाका अन्य ठाउँमा उमेद्वारी फिर्ता लिएको एमालेबाट फुटेको एकिकृत समाजवादीले धवलागिरीमा उमेद्वारी कायमै राख्नु र काँग्रेस–माओवादीले वडा तहसम्मै तालमेल गर्नु एमालेलाई बिरासत जोगाउन चुनौति बनेको छ ।

गत चुनावमा पनि तालमेल गरेपनि सफल नभएका काँग्रेस–माओवादीका उमेद्वारलाई मतदाता शिक्षाको अभावमा बदर हुने मतको दर घटाउने, तालमेलका कारण अवसर नपाएर असन्तुष्ट भएका नेता कार्यकर्तालाई फकाउदै, कार्यकर्ता तहमा मनोवैज्ञानिक एकता कायम गरेर एमालेसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौति छ ।

एमालेका अध्यक्षका उमेद्वार थमसरा पुनले पहिलो कार्यकालमा शुरुवात गरेका कामलाई पुर्णता दिन, महिला आन्दोलनलाई सार्थक बनाउन तथा गाउँपालिकालाई थप योजनाका साथ अघि बढाउन उमेद्वार बनेको बताउनुभयो ।

“अनुभव, कानुन र कर्मचारी अभावका वावजुद पहिलो कार्यकालमा ६ वटा वडालाई सडकले जोड्न र पुरै पालिकाभर विद्युत विस्तार गर्न लगायत धेरै काम गर्न सफल भएका छौ,” उहाँले भन्नुभयो “बाढी पहिरो र कोरोना महामारीका कारण पहिलो कार्यकालमा भनेजति काम गर्न सकेनौ । शुरु गरेका कामलाई पुर्णता दिन, घोषणापत्र अनुसार नयाँ योजना तथा कार्यक्रम सञ्चालन गर्न र महिला आन्दोलनलाई अघि बढाउन मेरो उमेद्वारी हो ।”

गठबन्धनका तर्फबाट काँग्रेसका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुनले भौगोलिक रुपमा विकट रहेको धवलागिरीको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने, रोजगारी सिर्जना गराउने, विकास निर्माणलाई पारदर्शी र जनसहभागिता मुलक बनाउदै शुसासन कायम गर्ने मुद्दामा जोड दिने बताउनुभयो ।

“विकट भएपनि जलविद्युत, पर्यटन, जडिवुटी, पशुपालन र कृषि क्षेत्रमा यस पालिकाको सभावना छ,” उहाँले भन्नुभयो “युवा परिचालन गरेर यहाँको सम्भावनालाई विकासमा रुपान्तरण गर्ने मेरो लक्ष्य छ ।”

एमालेका उपाध्यक्षका उमेद्वार प्रगति कार्कीले सामाजिक रुपान्तरण, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधार, पर्यटन प्रर्वद्धन, जडिवुटी, खनिज लगायतका सम्भावनाको अध्ययन गरि रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताउनुभयो ।

गठबन्धनबाट उपाध्यक्षको उमेद्वार बनेका माओवादीका रेशम पुनले युवा जागरण र परिचालन मार्फत सामाजिक रुपान्तरण, दिगो विकास, सेवा प्रवाहमा विभेदको अन्त्य, रोजगारी सिर्जना गराउन प्राथमिकता दिने बताउनुभयो । युवालाई चाहना र क्षमता अनुसार सिप, पुँजी र प्रविधिमा सघाएर स्वरोजगार बनाउने योजना सुनाउनुभयो ।

गत चुनावमा धवलागिरीमा एमालेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ५, काँग्रेस र माओवादीले एक, एक वटा वडा जितेका थिए । काँग्रेस र माओवादी केन्द्रको अध्यक्ष उपाध्यक्ष, २ र ६ नम्बर वडामा तालमेल भएको थियो । गाउँपालिका अध्यक्षमा माओवादीका रिमप्रकाश थापाले २१६८ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारले ७७८ मत ल्याएका थिए । उपाध्यक्षमा काँग्रेसका डम्मरबहादुर भण्डारीले २०२९ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले १७७२ मत ल्याएका थिए । एमालेका थमसरा पुनले २४९० मत र उपाध्यक्षमा रेशम छन्त्यालले २४८८ मत ल्याउँदा वडा अध्यक्षका उमेद्वारहरुले २४७८ मत पाएका थिए । कुल मतदाता माध्य ६३ प्रतिशत मत खसेको धवलागिरीमा एक हजार १६१ मत बदर भएको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...