म्याग्दीमा चुनावको सुरक्षा तयारी

Add Samajik bikash office

बेनी, १८ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीका मतदान स्थललाई संवेदनशिलताको आधारमा वर्गिकरण गरिएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीका ७४ मतदान स्थल मध्य १५ वटालाई अति संवेदनशिल, ४९ वटालाई संवेदनशिल र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको हो । प्रहरी नायव उपरीक्षक तिलक भारतीले ले मतदान स्थलको संवेदनशिलताको आधारमा सुरक्षा योजना बनाइएको जानकारी दिनुभयो ।

“मतदान पुर्व, मतदान र मतदान पछिको तीन चरणको सुरक्षा योजना बनाएका छौ,” उहाँले भन्नुभयो “नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।”

Shreekrishna hardwear in news

यसपालीको स्थानीय तह चुनावमा बहिस्कार गर्ने समुह छैनन् । भौगोलिक अवस्था, सञ्चार र यातायात सुविधा, विगतका चुनावमा भएका घटनाको आधारमा मतदान स्थलहरुलाई वर्गिकरण गरिएको हो । चुनाव प्रचार र मौन अवधीमा आचार संहिता उल्लङ्घन हुँदाको अवस्थालाई सुरक्षा चुनौतीका रुपमा हेरिएको छ ।

Bhautik ministry notice about road

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ मा पर्ने गुर्जाको जनकल्याण माविको मतदान केन्द्रमा यातायातको सुविधा पुगेको छैन् । रघुगंगा गाउँपालिकाको वडा नम्बर ८ घ्याँसीखर्कमा सञ्चार सुविधा छैन् ।

निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ जना म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २७७ सहित ३८० जना नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि शसस्त्र प्रहरीको टोली परिचालन भएको छ । सबै स्थानीय तहमा एक÷एक वटा घुम्ती टोली परिचालन गरेर गस्ती थालिएको छ ।

मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी, दोस्रोमा शसस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने गरी नक्साङ्कन गरिएको छ । दुर्गम र विकट ठाउँको मतदान स्थलबाट मतपेटिका गणना स्थलसम्म ढुवानी गर्न सुरक्षा समितिले हेलिकप्टरको प्रस्ताव गरेको छ ।

६ वटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा ११४ वटा मतदान केन्द्र छन् । ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी गरि ८५ हजार ३७५ जना मतदाता छन् । २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी मैदानमा छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...