उमेद्वार गाउँ पसेपछि चुनावको चहलपहल बढ्यो

Add Samajik bikash office

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता, दावी विरोध र फिर्ताको समय सकिएपछि उमेद्वारहरुले चुनाव प्रचार तिब्र बनाएका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दल र स्वतन्त्र उमेद्वार भोट माग्न गाउँ पसेका छन् ।

दलका झण्डा र चुनाव चिन्ह राखिएको गाडीमा स्पिकर जोडेर चुनावी गित घन्काउदै गाउँ टोलमा भोट माग्न आउने उमेद्वारको लर्को लागेको छ ।

Shreekrishna hardwear in news

फरक–फरक दलको वडा र पालिकाका उमेद्वारहरु घरदैलोमा हिडेका छन् । उमेद्वार र नेताहरुको चहलपहलले चुनावी माहौल बढाएको छ । उमेद्वारहरुले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।

धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उमेद्वारहरुले साँझ र बिहानको समयमा घरदैलो गरेका छन् । नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उमेद्वारहरु घरदैलो, सभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् ।

Bhautik ministry notice about road

छ वटा स्थानीय तह र ४५ वटा वटा रहेको म्याग्दीमा २३७ पदका लागि ७१८ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष सहित पाँचै जना जनप्रतिनिधी निर्विरोध भएका छन् ।

सबैजसो टोलमा कुनै न कुनै दलका उमेद्वार भएकाले चुनावले चहलपहल बढाएको हो । घरदैलोका क्रममा उमेद्वारहरुले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । उनिहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिवद्धता जनाएका छन् ।

सडक स्तरोन्नति गर्ने, खानेपानीको सुविधा विस्तार गर्ने, शिक्षा र स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, पालिका र वडाको सेवा प्रवाहलाई सहज बनाउने, विकास योजनालाई पारदर्शी तथा जनसहभागिता मुलक बनाउने उमेद्वारहरुको कार्यसूचि छ ।

बेनी नगरपालिकाको वडा नम्बर २ मा स्वतन्त्र उमेद्वार बन्नुभएका सम्राट सापकोटाले सम्भव नहुने ठूला आवश्वासन नबाड्ने र आधारभूत आवश्यकता तथा समस्या समाधान गर्र्नु आफ्नो प्राथमिकता भएको बताउनुभयो ।

‘गाउँका विद्यालय टाट पल्टिएका छन, सडक, खानेपानीको समस्या उस्तै छ,’ उहाँले भन्नुभयो ‘आधारभूत आवश्यकता कसरी पुरा गर्ने भन्नेमा मेरो जोड रहनेछ । अनावश्यक र असम्भव आश्वासन बाडेको छैन् ।’

मालिका गाउँपालिका–६ दरवाङका खेमबहादुर पुनले गत चुनावमा जनप्रतिनिधीले खानेपानी ल्याउने बाचा अझै पुरा नगरेका गुनासो गर्नुभयो । “पाँच वर्षअघिकै खानेपानीको मुद्दालाई अहिले पनि दोहो¥एर भोट माग्न आएका छ,” उहाँले भन्नुभयो “योजना बनाएर सपना देखाउने मात्र नभएर कार्यान्वयन गर्ने नेतृत्वको आवश्यकता देखिएको छ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...