मालिकामा माओवादीको चुनाव प्रचार तिब्र

Add Samajik bikash office

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावका लागि म्याग्दीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उमेद्वारहरुले चुनाव प्रचार अभियानलाई तिब्रता दिएका छन् ।

गाउँपालिका र वडा स्तरमा समूह समूह बनाएर घरदैलो र कोण सभा गरेर चुनाव प्रचारमा जुटेका हुन् । गाउँपालिका अध्यक्षका उमेद्वार रेशम जुग्जाली, उपाध्यक्षका उमेद्वार गौरी सेञ्चुरी सहितको टोलीले बिहान र साँझ घरदैलो तथा दिउँसो कोणसभा गरिरहेको छ ।

सात वटै वडाका अध्यक्ष र सदस्यहरुले टोल, बस्तीमा पुगेर मतदाता भेटघाट गर्ने, त्यहाँका समस्या पहिचान र आफ्ना प्रतिवद्धता तथा योजना बुझाउने गरिरहेका छन् । मालिकाको अध्यक्ष, उपाध्यक्ष र सात वटा वडाका अध्यक्ष सहित ३७ वटा पदमा माओवादीका उमेद्वार छन् ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्षका उमेद्वार तथा माओवादी केन्द्रका जिल्ला संयोजक जुग्जालीको जन्मथलो बिमबाट शुरु भएको चुनाव प्रचार अभियान टोली आइतबार रुम पुगेको छ । टोलीमा कलाकार पनि छन् । दिच्याम, दुखुबेशी, फुलबारी, महभिर, च्युरीबोट, ओखरबोट हुदै रुम पुगेको टोलीले सोमबार वडा नम्बर १ निस्कोटमा घरदैलो र कोणसभा गर्ने माओवादीका पालिका अध्यक्ष दोरण शेरचनले जानकारी दिनुभयो ।

Bhautik ministry notice about road

दरवाङ बजारमा घरदैलो गरेका छन् । निस्कोट, रुम, बेली, जेम, पात्ले, लुप्सीपार, किटिनी, डाडागाउँ, इग्रे, औला, खवाङ, सिस्नेरी, जुग्जा, पन्थोक, मगरदाङ, रुन्मा, दुखुलेकमा प्रचार प्रसार गर्न बाँकी छ । सबै टोलमा प्रचारप्रसार सकेपछि वैशाख २५ गते दरवाङमा पालिका स्तरीय सभा गर्ने कार्यक्रम बनाएका छन् ।

प्रचारका क्रममा माओवादीको आन्दोलनका कारण आएको संघीय ब्यवस्था अनुसार बनेको गाउँपालिकाको सफल कार्यान्वयनका लागि माओवादीकै नेतृत्व आवश्यक रहेको, व्यवस्था बदलेको र अवस्था फेर्न माओवादीनै आवश्यक पर्ने विषयमा जोड दिएका छन् ।

यसैगरी गाउँपालिका अध्यक्षका उमेद्वार जुग्जालीको नेतृत्वमा विममा भएका विकास निर्माण र सामाजिक परिवर्तनका योजनालाई पालिका स्तरमा विस्तार गरी समग्र पालिकालाई सम्बृद्ध बनाउन पनि माओवादीलाई जिताउन कार्यकर्ताले प्रचार गरेका छन् ।

गाउँपालिका र वडाबाट प्रवाह हुने सेवा, सुविधालाई छिटो, छरिटो, झञ्झटरहित, सरल र पारदर्शी बनाई शुसासन कायम गर्ने, विकास निर्माणका कामलाई पारदर्शी, जनसहभागितामुलक, गुणस्तरीय र दिगो बनाउने, गाउँपालिका, वडाको कार्यालय र स्वास्थ्य संस्थाहरुको सुविधासम्पन्न भवन निर्माण गर्ने, दरवाङ देखि सात वटै वडा र वडाको केन्द्र देखि बस्ती जोड्ने सोलिङ, ढलान र नाली सहितको सडक बनाउने र भाडादर कायम गरी बाह्ै महिना नियमित सुरक्षित, सहज र भरपर्दो यातायात सञ्चालनको वातावरण बनाउने लगायतका योजना मालिका गाउँपालिकामा माओवादीले अघि सारेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...