जलजलामा गठबन्धनका उमेद्वारको चुनावी अभियान शुरु

Gandaki Ghumau

मल्लाज । आसन्न स्थानीय तह निर्वाचनमा साझा उमेद्वार बनाएका नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पर्वतको जलजला गाउँपालिकाको मल्लाजबाट आइतबारदेखि औपचारिक रुपमा प्रचार अभियान थालेका छन् ।

यसअघि वारीबेनीमा सम्पर्क कार्यालय स्थापना र संयुक्त घोषणापत्र सार्वजनिक गरेका गठबन्धनबाट गाउँपालिका अध्यक्षका उमेद्वार काँग्रेसका राजुप्रसाद आचार्य र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका दिपक आचार्य (आकाश)को टोलीले मल्लाजको भगवति कोत मन्दिरबाट अभियान थालेका हुन् ।

अभियानको सुरुवात गर्दै जलजला गाउँपालिकाका अध्यक्ष तथा नेपाली काँग्रेसका युवा नेता यामबहादुर मल्ल (रामकृष्ण)ले संबिधान, ब्यवस्थाको रक्षका लागि बनेको काँग्रेस, माओवादी लगायत दलका उमेद्वारलाई सबै एकतावद्ध भएर चुनाव जिताउन आव्हान गर्नुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष आचार्यद्धयले जलजलालाई सम्बृद्ध र बिकसित बनाउन, शुसासन कायम गर्न आफूहरुले सार्वजनिक गरेको प्रतिवद्धता अनुसार काम गर्ने बताउनुभयो । मल्लाजको विद्याज्योतीमा प्राबिधिक र लेकफाँटको ग्रामप्रकाश माविमा कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्ने, मापदण्ड पुगेका विद्यालयको पुर्व प्राथमिक तहलाई मन्टेश्वरी बिधिबाट पठनपाठन गराउने, शिक्षकलाई प्रबिधिमैत्री बनाउन ल्यापटप दिने प्रतिवद्धता जनाउनुभयो ।

पालिकाको केन्द्र देखि वडाको केन्द्र जोड्ने सडकलाई कालोपत्र र ९ वटै वडालाई समेटेर चक्रपथ बनाउने, सबै घरमा निजी धारा मार्फत खानेपानी वितरण गर्ने, तटीय बस्ती संरक्षण, म्याग्दी बेनी र बगरफाँट जोड्ने मोटरेबल पुल बनाउने, सिचाई सुविधा बिस्तार, शुरु भएका वडा र पालिकाको भवन बनाउने लगायतका शुरु भएका क्रमागत योजनालाई अपनत्व लिदै पूर्णता दिने जनाएका छन् ।

सो कार्यक्रममा काँग्रेसका पुराना नेता भवानीशंकर पौडेल लगायत वडा नम्बर १, २, ३ र ४ नम्बर वडाका उमेद्वारहरुको पनि उपस्थिति थियो । जलजलामा गठबन्धनका उमेद्वारले घरदैलो, कोणसभा सहितको चुनाव प्रचार अभियान बनाएका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...