छाप, भिरमुनी र डाडाखेतमा गठबन्धनका उमेद्वारको चुनाव प्रचार

Gandaki Ghumau

बेनी । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको साझा उमेद्वारको टोलीले आइतबार बेनी नगरपालिका–६, ५ र ४ नम्बर वडाको विभिन्न टोलमा चुनाव प्रचार कार्यक्रम गरेका छन् ।

छाप र भिरमुनीमा कोणसभा र डाडाखेतमा चुनावी सभा गरेका मेयरका उमेद्वार काँग्रेसका चिरञ्जिवी शर्मा र उपमेयरका उमेद्वार माओवादीको ज्योती लामिछाने पौडेलको टोलीले डाडाबारी र खोरगैरामा घरदैलो गर्नुभएको हो ।

चुनाव प्रचारका क्रममा संयुक्त टोलीले महारानीथान–छाप–फुर्केसल्ला–डाडाखेत–ठूलोखोला सडकलाई बेनी–दरवाङ सडकको वैैकल्पिक बनाउने, कुमाल्नी सिचाई आयोजनालाई पुर्णता दिने, नगरका सवै घरमा निजी धारा मार्फत खानेपानी वितरण गर्ने, तरकारी खेती, गाईभैसी, बाख्रा र कुखुरापालन मार्फत रोजगारी सिर्जना तथा आयआर्जन वुद्धीका कार्यक्रम ल्याउने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

मेयरका उमेद्वार शर्माले वडा नम्बर ६ मा छुट्टै स्वास्थ्य चौकी स्थापना गर्ने, पाँच वर्षभित्र छुवाछुतमुक्त वडा घोषणा गर्ने, पुलाचौर–भकिम्ली जोड्ने लामो पुल, बन्जीजम्प, जिप लाइनको सम्भाव्यता अध्ययन गर्ने र कृषि उपजको भण्डारणका लागि कोल्ड स्टोर बनाउने बताउनुभयो ।

उपमेयरका उमेद्वार लामिछानेले गत चुनावमा आफू पराजित भएपनि जनताको सेवामै रहेको बताउदै भौतिक विकाससँगै महिला, दलित, अपाङ्ग, जनजाति समुदायको शक्तिकरण, आर्थिक स्रोतमा पहुँच र जेष्ठ नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुरक्षित गरिने बताउनुभयो ।

नेपाली काँग्रेसका वडा सभापति तथा वडा अध्यक्षका उमेद्वार सुमन बानियाको अध्यक्षता, माओवादी केन्द्रका नगर उपाध्यक्ष तथा वडा अध्यक्षका उमेद्वार अणबहादुर खड्का (भगवान)को स्वागत र नेविसंघका जिल्ला सभापति निर्मल खत्रीको सञ्चालनमा चुनावी सभा सम्पन्न भएको थियो । घरदैलो र कोणसभामा सम्बन्धीत वडाका दुवै पार्टीका उमेद्वारहरुको पनि उपस्थिति थियो ।

कार्यक्रममा संबिधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, जिल्ला इञ्चार्ज गोविन्द पौडेल, नेपाली काँग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगर प्रमुख हरिकुमार श्रेष्ठ, काँग्रेसका पुर्व जिल्ला उपसभापति माधव रेग्मी, पुर्व सहसभापति नेत्रबहादुर महत, नगर सभापति रविन्द्र कार्कीले संविधान, बिधी, ब्यवस्था र प्राप्त राजनीतिक उपलब्धी रक्षाका लागि बनेको गठबन्धनका साझा उमेद्वारलाई जिताउन अपिल गर्नुभएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...