म्याग्दीमा ७१८ उमेद्वार चुनावी मैदानमा

Add Samajik bikash office

बेनी, । आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ७१८ जना उमेद्वार चुनावी मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ता गराएका ४१ जनाले उमेद्वारी फिर्ता गरेपछि जिल्लाभर कुल उमेद्वारको संख्या ७१८ जना कायम भएको छ । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका मध्य विभिन्न पदका ४१ जनाले फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

अध्यक्ष÷प्रमुखमा ३, उपाध्यक्ष÷उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाको उमेद्वारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा २३, धवलागिरी गाउँपालिकामा ५, मंगला गाउँपालिकामा ७ र रघुगंगा गाउँपालिकामा ६ जनाले उमेद्वारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैको पनि उमेद्वारी फिर्ता गरेनन् ।

जिल्लाभर पालिका अध्यक्ष÷प्रमुखमा २९, उपाध्यक्ष÷उपप्रमुखमा २३, वडा अध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उमेद्वारी कायम भएको छ ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उमेद्वारी दिएका तीन जनाले उमेद्वारी फिर्ता लिएपछि सबै पदमा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वार निर्बिरोध निर्वाचित भएका छन् ।

Bhautik ministry notice about road

यसैगरी बेनी नगरपालिकामा माओवादीले मेयर र काँग्रेसले उपमेयरको उमेद्वारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आवद्ध नेकपा एकिकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिका बाहेक सबै स्थानीय तहमा दर्ता गराएको उमेद्वारी फिर्ता गरेको छ ।

बेनीको मेयरको उमेद्वारबाट माओवादीका धनलाल जैसी र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता गर्नुभएको छ । उपमेयरमा नेपाली काँग्रेसका अमृतदेवी बानिया र नेकपा एकिकृत समाजवादीकी मुना बानियाले फिर्ता गर्नुभएको हो ।

गठबन्धनमा काँग्रेस र माओवादी इमान्दार नभएकाले कसैको मत घटाएर कसैको आकार बढाउने गोटी नबन्ने निर्णय लिएको एकिकृत समाजवादीका जिल्ला अध्यक्ष समेत रहेका मेयरको उमेद्वारी फिर्ता लिएका विश्वकर्माले बताउनुभयो ।

मंगलामा एकिकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडा अध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उमेद्वार नरेश श्रेष्ठ लगायतले मनोनयन फिर्ता लिनुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले शनिबार कायम भएका उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । राजनीतिक दलका उमेद्वारले सम्बद्ध दलको चुनाव चिन्ह पाएका छन् । स्वतन्त्र उमेद्वारलाई निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगले बनाएको चिन्ह दिएको हो ।
रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका सागर भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस, वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस, वडा नम्बर २ को वडा अध्यक्षकी उम्मेद्धार रञ्जना श्रेष्ठले हाँस, वडा नम्बर ६ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका भिमप्रसाद पुनले दुई वटा हाँस, वडा नम्बर २ कै वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका गोकर्ण परियारले पुतली चिन्ह पाउनुभएको छ ।

बेनी नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका धनबहादुर श्रीष मगर र वडा नम्बर ७ को वडा अध्यक्ष पदका उम्मेद्धार कृष्णबहादुर शाक्यले पनि हाँस चिन्ह पाउनुभएको छ । वडा नम्बर नम्बर २ का अध्यक्षका उमेद्वार सम्राट सापकोटा सहित तीन जनाले पुतली, वडा नम्बर ३ को खुल्ला वडा सदस्य र वडा नम्बर ६ अध्यक्ष पदका उम्मेद्धारले हाँस चिन्ह पाएका छन् ।

अन्नपुर्ण गाउँपालिका वडा वडा नम्बर ६ को वडा सदस्य उम्मेद्धार राजाराम बरुवालले दुई वटा हाँस, सोही गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष वडा उम्मेदवार कुमबहादुर पुर्जाले भुइँकटहर, अर्का अध्यक्ष पदका उम्मेद्धार तुकबहादुर पुनले खरायो चिन्ह पाउनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...