डाक्टर पढाउने, कृषि उपजको बजार सुनिश्चित गर्ने जलजलाका गठबन्धनका उमेद्वारको प्रतिवद्धता

Gandaki Pardesh notice

बेनी,। पर्वतको जलजला गाउँपालिकामा आसन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उमेद्वारले डाक्टर पढाउने देखि कृषि उपजको बजार सुनिश्चित गर्ने सम्मका योजना समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

वारीबेनी स्थित गठबन्धनको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा शनिबार गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उमेद्वार राजप्रसाद आचार्य र माओवादीबाट उपाध्यक्षका उमेद्वार दिपक आचार्य (आकाश)ले प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।

अध्यक्षका उमेद्वार आचार्यले गाउँपालिकाले दुई जनालाई चिकित्सक, दुई जनालाई भेटनरी चिकित्सक र दुई जनालाई कृषि विज्ञ अध्ययनका लागि लगानी गर्ने र उनिहरुले सरकारले तोकेको सेवा सुविधा पाउनेगरी दश वर्ष पालिकामा आएर सेवा गर्नुपर्ने योजना अघि सारेको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

स्वास्थ्य चौकीमा कम्तीमा १०० प्रकारका निशूल्क औषधीको ब्यवस्था, गर्भवतिलाई वडामै भिडियो एक्सरे सेवा उपलब्ध गराउने, महिला स्वास्थ्य स्वमसेविकालाई मासिक रु. एक हजार भक्ता दिने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

Bhautik ministry notice about road

मल्लाजको विद्याज्योतीमा प्राबिधिक र लेकफाँटको ग्रामप्रकाश माविमा कृषि प्राबिधिक विषयको पठनपाठन सञ्चालन गर्ने, मापदण्ड पुगेका विद्यालयको पुर्व प्राथमिक तहलाई मन्टेश्वरी बिधिबाट पठनपाठन गराउने, शिक्षकलाई प्रबिधिमैत्री बनाउन ल्यापटप दिने प्रतिवद्धता जनाएका छन् ।

पालिकाको केन्द्र देखि वडाको केन्द्र जोड्ने सडकलाई कालोपत्र र ९ वटै वडालाई समेटेर चक्रपथ बनाउने, सबै घरमा निजी धारा मार्फत खानेपानी वितरण गर्ने, तटीय बस्ती संरक्षण, म्याग्दी बेनी र बगरफाँट जोड्ने मोटरेबल पुल बनाउने, सिचाई सुविधा बिस्तार, शुरु भएका क्रमागत योजनालाई अपनत्व लिदै पूर्णता दिने जनाएका छन् ।

भ्रष्ट्राचार विरुद्ध शुन्य शहनशिलता अपनाउने, जनप्रतिनिधी र कर्मचारीलाई जवाफदेही, उत्तरदायी, सेवा प्रवाहलाई सरल, विकास निर्माणलाई पारदर्शी र जनसहभागितामुलक बनाउने बताएका छन् । उच्च पहाडी, मध्य पहाडी र तटीय क्षेत्रमा हावापानी अनुकुलको खेती विस्तार गर्ने, एक घर एक टनेल कार्यक्रम चलाउने योजना अघि सारेका गठबन्धनका उमेद्वारले कृषकले उत्पादन गरेको दूध, खसी, तरकारी, फलफूलको बजार सुनिश्चित गर्ने, कृषकलाई मल, बिउमा अनुदान दिने नीति बनाउने जनाएका छन् ।

९ वटा वडा रहेको जलजलाको पालिका अध्यक्ष, उपाध्यक्ष र वडा तहसम्म साझा उमेद्वार बनाएका छन् । वडा नम्बर १, २, ३, ४, ५, ६ र ८ नम्बर वडामा काँग्रेसका जगतबहादुर खत्री, गोविन्द खत्री, नविन जिसी, भिष्म मल्ल, थलराम पौडेल, बलबहादुर पुर्जा पुन र हरिबिकास जिसी, ७ र ९ मा माओवादीका टुङ्गनाथ शर्मा र गौबहादुर पुर्जा वडा अध्यक्षका उमेद्वार हुनुहुन्छ ।

गोविन्द, भिष्म, टुङ्गनाथ, हरिबिकास र गौबहादुर दोहोरिएर वडा अध्यक्ष बन्न उमेद्वार बन्नुभएको हो । शिक्षक पदबाट राजिनामा दिएर वडा अध्यक्षका उमेद्वार बनेका १ नम्बर वडा बाँसखर्कका जगतबहादुर खत्री सफल कृषकका रुपमा परिचित हुनुहुन्छ । ३ का जिसी, ५का पौडेल र ६ का बलबहादुर नयाँ अनुहार हुनुहुन्छ । वि.स. २०७४ को स्थानीय तह चुनावमा जलजलामा काँग्रेसले अध्यक्ष उपाध्यक्ष सहित चार वटा वडा अध्यक्ष, एमालेले तीन र माओवादीले दुई वटा वडामा अध्यक्ष जितेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...