निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित

Add Samajik bikash office

बेनी, म्याग्दीको बेनीमा शनिबार सम्पन्न निशूल्क मुटुरोग उपचार शिविरबाट एक हजार पाँच सय जना लाभान्वित भएका छन् ।
काठमाडौको सेभ द हार्ट, म्याग्दीको ओमकुमारी शान्ति कोष, म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार र इशा फाउण्डेशनले बेनी अस्पतालमा आयोजना गरेको शिविर दुई दिनसम्म सञ्चालन भएको थियो ।


शिविरका संयोजक नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले शिविरमा म्याग्दी, बागलुङ, पर्वत, मुस्ताङ जिल्लाका एक हजार ५०५ जनाले सेवा लिएका जानकारी दिनुभयो । ८६३ जनाको मुटुको इसिजी, ६०० जनाको इको गरिएको थियो । शल्यक्रिया गर्नुपर्ने ४९ जना बिरामी पहिचान भएका छन् । ४१ जनाको तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road


४ जना बच्चा र अन्य १६ जनालाई सेभ द हार्टले काठमाडौमा निशूल्क शल्यक्रियाका लागि सिफारिस गरिएको आयोजकले जनाएका छन् । बरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई नेतृत्वमा काठमाडौबाट आएको ४० जना चिकित्कस र बेनी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।


स्वास्थ्य परिक्षण र परामर्शका साथै निशूल्क औषधी वितरण सम्बन्धी सेवा पनि दिइएको थियो । शिविरको समापनका क्रममा चिकित्सक भट्टराईले बालबालिकाहरुमा पनि मुटुरोगको समस्या देखिन थालेकाले सचेत रहनुपर्ने बताउनुभयो ।


सेभ द हार्टले देशव्यापी रुपमा शिविर संचालन गर्दै आएको बताउनुभयो । म्याग्दी सहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हाल सम्म करिव ९६ हजार मुटुरोगीको परिक्षण गरिएको डा. भट्टराईले बताउनुभयो । उहाँका अनुसार शिविरमा हाल सम्म करिव १३ सय विरामीको ओपन हार्ट सर्जरी गरिएको छ भने बाँकी विरामीहरु निरन्तर सम्पर्कमा रहेर मुटु जाँच गराईरहेका छन ।


शिविरका संयोजक गौतमले हालैमात्र आफ्नो सानो छोराको मुटु सम्वन्धी रोगको डा. भट्टराईकै टिमले सफल उपचार गरेकोमा धन्यबाद प्रकट गर्दै गौतमले जिल्लामा रहेका थुप्रै मुटुरोगीहरुको सहजताका लागि सेभ द हार्टको टिमलाई अनुरोध गरेर बेनीमा शिविरको आयोजना गरिएको बताउनुभयो ।
शिविरको सहआयोजक ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले वि.स. २०७१ सालमा स्थापना भएको कोषले हाल सम्म २४९ जना बिरामीहरुको उपचारमा सघाएको जानकारी दिनुभयो । रु. १ करोड ३ लाखको अक्षयकोष रहेको कोषले आफ्नो व्याज र अभियानबाट हाल सम्म रु. २ करोड, ५३ लाख, १९ हजार १२९ बिरामीको उपचार तथा विपतको समयमा सहयोग गरेको शाक्यले बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...