रघुगंगाको जग्गा प्राप्ति र ब्यवस्थापन प्रक्रियामा एमालेका उमेद्वार कार्कीको प्रश्न

Add Samajik bikash office

बेनी, । नेकपा एमालेका तर्फबाट म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षका उमेद्वार प्रेमबहादुर कार्कीले मौवाफाँटमा गाउँपालिकाको भवन निर्माणका लागि जग्गा प्राप्ती र ब्यवस्थापन प्रक्रियामाथी प्रश्न उठाउनु भएको छ ।

प्रतिनिधिसभा सदस्य समेत रहेका एमालेका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज भुपेन्द्रबहादुर थापा, प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष देवेन्द्र केसी लगायतको उपस्थितिमा बेनीमा शुक्रबार पत्रकार भेटघाट गरेका कार्कीले निर्वाचन अधिकृतको कार्यालयले आफूहरुले नियमसंगत दंगले गरेको उजुरीमा पुर्वाग्रही निर्णय गरेको दावी गर्नुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले वायस निर्णय गरेर उजुरी खारेज गरेपनि आफूहरु चुनावी मैदानबाट नभाग्ने र प्रतिस्पर्धाबाट नडराउने बताउदै गाउँपालिकाको जग्गा प्राप्ति र ब्यवस्थापनको प्रक्रियामा प्रक्रिया, बिधि र नियम मिचेर भएका गतिबिधीको छानविन हुनुपर्ने कार्कीको भनाई छ ।

Shreekrishna hardwear in news

गाउँपालिकाका पुर्व अध्यक्ष र नेपाली काँग्रेसबाट अध्यक्षका उमेद्वार भवबहादुर भण्डारीले गाउँपालिकाको भवन बनाउन आफ्नो नाममा पास गरेको २५ रोपनी जग्गा मध्य गाउँपालिका, जग्गादाता र सडकका लागि ३३÷३३ प्रतिशत उपलब्ध गराउने सहमति भएपनि गाउँपालिकालाई दुई रोपनी भन्दा बढी उपलब्ध नगराएको र जग्गाधनीलाई पनि फिर्ता गर्नुपर्ने जग्गा फिर्ता नगरेको तथा व्यक्तिगत जग्गा ब्यवस्थापन गर्न रु. एक करोड ४२ लाख खर्च गरेको कार्कीको आरोप छ ।

Bhautik ministry notice about road

कार्की र स्वतन्त्र उमेद्वार सागर भण्डारीले वैशाख १३ गते भण्डारी विरुद्ध गाउँपालिकाको जग्गा ब्यवस्थापनका क्रममा व्यक्तिगत जग्गामा सरकारी लगानी गरेको आरोप लगाउदै उमेद्वारी रद्द गर्नुपर्ने माग सहित उजुरी गर्नुभएको थियो ।

व्यक्तिको जग्गामा गाउँपालिकाको भवन निर्माण गरेर बजेट दुरुपयोग गरेको भन्ने आरोप उपर दावी नपुग्ने भएकाले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २० बमोजिम भण्डारीको मनोनयन कायम रहने निर्वाचन अधिकृतको कार्यालयले बिहिबार निर्णय गरेको थियो ।

रघुगंगा गाउँपालिकाको मौवाफाँटमा प्रशासनिक भवन निर्माणका लागि स्थानीयबासीले उपलब्ध गराएको २५ रोपनी जग्गा सम्बन्धित धनीको सहमति, गाउँसभा, कार्यपालिका र आमभेलाको निर्णय अनुसार व्यवस्थापन गरेर सडक, गाउँपालिका र जग्गाधनीलाई ३३÷३३ प्रतिशत बाँडफाड गरिएको गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले बिहिबार बेनीको नेपाली काँग्रेसको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराउनुभएको थियो ।
सबै कानुनी प्रक्रीया पुरा गरेर जग्गा ब्यवस्थापन गरि सभाहल बनाइसकेको र प्रशासनिक भवन निर्माणको क्रममा रहेको बताउदै भण्डारीले सो विषयमा बेरुजु रहेको र अनियमितता भएको भनेर लगाइएको आरोप निर्वाचन अधिकृतको कार्यालयको अनुसन्धानका क्रममा पुष्टि नभएकाले भ्रममा नपर्न आग्रह गर्नुभयो ।

“गाउँपालिकाको भवन मात्र नभएर स्वास्थ्य इकाई, स्वास्थ्य चौकी र प्रहरी चौकीको भवनका लागि पनि विभिन्न ठाउँमा मैले जनप्रतिनिधीको हैसियतमा पहल गरेर निशूल्क जग्गा ब्यवस्थापन गरेको छु,” उहाँले भन्नुभएको छ “गाउँपालिकाको काम गर्दा बरु मैले व्यक्तिगत खर्च गरेको छु तर सरकारको एक रुपैया पनि दुरुपयोग गरेको छैन् । पुष्टि भयो भने राजनीतिबाटै अलग हुन्छ ।”

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...