बेनी नगर सहित जिससमा पनि तालमेल गर्ने काँग्रेस माओवादीको सहमति

Add Samajik bikash office

बेनी, । नेपाली काँग्रेस र नेकपा माओवादी बिच म्याग्दीको बेनी नगरपालिका र जिल्ला समन्वय समितिको प्रमुख उपप्रमुखमा एकले अर्कालाई सघाउने सहमति भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बेनी नगरपालिकासँगै पालिकाका प्रमुख÷उपप्रमुखबाट चुनिने जिल्ला समन्वय समितिको नेतृत्वमा पनि एक अर्का पार्टिले सघाउने दुई पार्टीले सहमति गरेका हुन् ।

नेपाली काँग्रेसका बेनी नगर सभापति रबिन्द्र कार्की र नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष सेरबहादुर केसीले ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ । काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजा र माओवादीका जिल्ला इञ्चार्ज गोविन्द पौडेल लगायत दुवै पार्टीका शिर्ष नेताहरुको रोहबरमा सहमति भएको थियो ।

Shreekrishna hardwear in news

बेनीको नगरप्रमुखमा माओवादीले काँग्रेसका र उपप्रमुखमा काँग्रेसले माओवादीका उमेद्वारलाई सघाउने सहमति भएको छ । स्थानीय तह निर्बाचनबाट चयन हुने पालिका प्रमुख÷उपप्रमुख मात्र मतदाता र निर्वाचित जनप्रतिनिधी उमेद्वार हुन पाउने जिल्ला समन्वय समितिको प्रमुखमा माओवादीलाई सघाउने काँग्रेसले लिखित प्रतिवद्धता जनाएको छ ।

Bhautik ministry notice about road

जिसस उपप्रमुख नेपाली काँग्रेसको भागमा परेको छ । बेनी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनलाल जैसीले दिएको उमेद्वारी फिर्ता गर्नुभएको छ । नेपाली काँग्रेसले उपमेयरका उमेद्वार अमृतदेवी बानियाको उमेद्वारी फिर्ता गरेको जिल्ला सचिव भरत रकालले जानकारी दिनुभयो ।

मेयरमा काँग्रेसले बेनी नगर प्रमुखमा चिरञ्जिवी शर्मा र उपप्रमुखमा माओवादी केन्द्रले ज्योती लामिछाने पौडेललाई उमेद्वार बनाएको छ । बेनीको २, ६, ७, ८ र ९ नम्बर वडामा काँग्रेस र माओवादीले तालमेल गरेर साझा उमेद्वार बनाएका छन् । एउटै चुनाव चिन्ह लिएर उमेद्वार भएका हुन् ।

दुवै पार्टीले एकल उमेद्वारी दिएका वडामा मित्रवत प्रतिस्पर्धा गर्ने र मेयर उपमेयरका उमेद्वारलाई इमान्दार तरिकाले सघाउने सहमति गरेका छन् । नेपाली काँग्रेसका सभापति गर्बुजा र पुर्व सभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले विगतको तालमेलको अनुभवलाई समिक्षा गरेर यसपाली परिणाम निकाल्ने गरी इमान्दारपूर्ण कार्यान्वयन गर्न दुवै पार्टीका नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।

गत चुनावममा पनि बेनीको प्रमुख उपप्रमुखमा काँग्रेस माओवादीले तालमेल गरेका थिए । काँग्रेसका उमेद्वार हरिकुमार श्रेष्ठ नगरप्रमुखमा बिजयी हुँदा माओवादीकी उपमेयरकी उमेद्वार ज्योती लामिछाने पौडेल झिनो मतले पराजित हुनुभएको थियो ।

विगतको कमजोरी सच्चाएर दुवै उमेद्वारलाई बिजयी बनाउन नेता कार्यकर्ता एक भएर परिचालित हुने बताएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इञ्चार्ज गोविन्द पौडेलले संबिधान बचाउन, संबिधान र अहिलेको ब्यवस्था बिरोधीहरुलाई परास्त गर्न तालमेल भएको बताउनुभयो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...