म्याग्दीमा ४१ जनाले उमेद्वारी फिर्ता लिए, ७१८ जना कायम

Add Samajik bikash office

बेनी । आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उमेद्वारी फिर्ता गरेका छन् ।

म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा वैशाख ३० गते हुने चुनावका लागि वैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार मनोनयन दर्ता गराएका मध्य विभिन्न पदका ४१ फिर्ता लिएका जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाभर कुल उमेद्वारको संख्या ७१८ जना कायम भएको छ । अध्यक्ष÷प्रमुखमा ३, उपाध्यक्ष÷उपप्रमुखमा पाँच, वडा अध्यक्षमा ११, महिला सदस्यमा ५, दलित महिला सदस्यमा ४ र खुल्ला सदस्यमा १३ जनाको उमेद्वारी फिर्ता भएको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news

बेनी नगरपालिकामा २३, धवलागिरी गाउँपालिकामा ५, मंगला गाउँपालिकामा ७ र रघुगंगा गाउँपालिकामा ६ जनाले उमेद्वारी फिर्ता गरेका हुन् । अन्नपूर्ण र मालिका गाउँपालिकामा कसैको पनि उमेद्वारी फिर्ता गरेनन् ।

Bhautik ministry notice about road

जिल्लाभर पालिका अध्यक्ष÷प्रमुखमा २९, उपाध्यक्ष÷उपप्रमुखमा २३, वडा अध्यक्षमा १४९, सदस्यमा २७५, महिला सदस्यमा १२५ र दलित महिला सदस्यमा ११७ जनाको उमेद्वारी कायम भएको छ ।

धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जाको वडा अध्यक्ष र सदस्यमा उमेद्वारी दिएका तीन जनाले उमेद्वारी फिर्ता लिएपछि सबै पदमा काँग्रेस–माओवादी गठबन्धनका उमेद्वार निर्बिरोध निर्वाचित भएका छन् ।

यसैगरी बेनी नगरपालिकामा माओवादीले मेयर र काँग्रेसले उपमेयरको उमेद्वारी फिर्ता गरेर चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा आवद्ध नेकपा एकिकृत समाजवादी पार्टीले धवलागिरी गाउँपालिका बाहेक सबै स्थानीय तहमा दर्ता गराएको उमेद्वारी फिर्ता गरेको छ ।

बेनीको मेयरको उमेद्वारबाट माओवादीका धनलाल जैसी र नेकपा एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्माले मनोनयन फिर्ता गर्नुभएको छ । उपमेयरमा नेपाली काँग्रेसका अमृतदेवी बानिया र नेकपा एकिकृत समाजवादीकी मुना बानियाले फिर्ता गर्नुभएको हो ।

मंगलामा एकिकृत समाजवादीका अध्यक्षका रुद्र किसान, उपाध्यक्षका कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाजेशनका उपाध्यक्षकी भूमि पुन, बेनपा ८ को वडा अध्यक्षमा राप्रपाका झलप्रसाद गौचन, बेनपा ७ मा स्वतन्त्र उमेद्वार नरेश श्रेष्ठ लगायतले मनोनयन फिर्ता लिनुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...