माओवादीका झक छन्त्याल गुर्जाको वडा अध्यक्षमा निर्बिरोध निर्वाचित

Add Samajik bikash office

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका सबै पदमा निर्बिरोध जनप्रतिनिधी चयन भएका छन् ।

वैशाख १२ गते मनोनयन दर्ता गराएकाहरुले शुक्रबार फिर्ता गरेपछि एकल उमेद्वारी कायम भएर निर्बिरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत भोलाराज रेग्मीका अनुसार चार जना नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र उमेद्वार निर्विरोध भएका हुन् । वडा अध्यक्ष दलित महिला सदस्य र महिला सदस्यमा क्रमश ः नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल, सतमाया वि.क. र सिता छन्त्याल निर्बिरोध हुनुभएको हो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

यसैगरी माओवादी केन्द्रकै चुनाव चिन्हबाट मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका वडा सभापति केआइसिङ छन्त्याल पनि निर्बिरोध हुनुभएको छ । स्वतन्त्र उमेद्वारी दर्ता गराएका गुनराम छन्त्याल पनि निर्बिरोध भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार भविन्द्र छन्त्याल, वडा सदस्यमा उमेद्वारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका अमृता छन्त्याल र स्वतन्त्र उमेद्वार तारामान विकले मनोनयन फिर्ता गर्नुभएको हो ।

झक र सिता यसअघि २०७४ को स्थानीय तह चुनावमा पनि निर्वाचित हुनुभएको थियो । धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेर उमेद्वार बनाएका छन् । गुर्जाको वडा अध्यक्ष माओवादीको भागमा परेको थियो । गाउँपालिका अध्यक्षमा काँग्रेसका प्रेमप्रसाद पुन र उपाध्यक्षमा माओवादीका रेशम पुन उमेद्वार बन्नुभएको छ । एमालेबाट थमसरा पुन अध्यक्ष र प्रगति कार्की उपाध्यक्षको उमेद्वार बन्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...