बेनीको मेयरमा माओवादी र उपमेयरमा काँग्रेसका उमेद्वारको मनोनयन फिर्ता

Gandaki Pardesh notice

बेनी । म्याग्दीको बेनी नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली काँग्रेसका उमेद्वारले मनोनयन फिर्ता गरेका छन् ।

बेनीको नगर प्रमुख र उपप्रमुखमा साझा उमेद्वार बनाउने सहमति गरेका दुवै पार्टीका उमेद्वारले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार अन्तिम समयमा मनोनयन फिर्ता गरेका हुन् ।

नेकपा माओवादीका मेयरका उमेद्वार धनलाल जैसी र नेपाली काँग्रेसका उपप्रमुखका उमेद्वार अमृतादेवी बानियाको मनोनयन फिर्ता भएको हो । काँग्रेसले मेयरमा चिरञ्जिवी शर्मा र उपमेयरमा माओवादीले ज्योती लामछिाने पौडेललाई उमेद्वार बनाएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

दुई पार्टीको सहमति अनुसार मनोनयन फिर्ता गरेको माओवादीबाट मेयरका उमेद्वार बनेका जैसीले बताउनुभयो । पार्टी सभापति शेरबहादुर देउबाले हस्ताक्षर गरेको पत्र काँग्रेसका जिल्ला सभापति खम्बिर गर्बुजाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बुझाएर मनोनयनपत्र फिर्ता गराउनुभएको हो ।

यसअघि म्याग्दीको धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको २, ६, ७, ८ र ९ नम्बर वडामा काँग्रेस माओवादीले साझा उमेद्वारी दर्ता गरेका थिए । अन्य स्थानीय तहमा भने मित्रवत प्रतिस्पर्धा गर्ने नेताहरुले बताएका छन् ।

काँग्रेस र माओवादीको सहमतिप्रति असहमति जनाउँदै सत्ता साझेदार नेकपा एकिकृत समाजवादी म्याग्दीमा पाँच दलीय संयन्त्रबाट बाहिरएको छ । सो पार्टीका जिल्ला इञ्चार्ज मुना बानियाले संयन्त्रबाट बाहिरिएको र जिल्लाका सवै स्थानीय तहमा दर्ता गरेको मनोनयन फिर्ता गरिएको बताउनुभयो ।

काँग्रेस र माओवादीले छलफल र ताममेलमा बेवास्ता गरेको नेकपा एकिकृत समाजवादीका नेताहरुले गुनासो गरेका छन् । बेनीको मेयरमा नेकपा एकिकृत समाजवादीबाट कृष्णकुमार बिश्वकर्मा, उपमेयरमा मुना बानियाले मनोनयन दर्ता गराउनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...