मंगलाघाटमा सडक कालोपत्र

Gandaki Pardesh notice

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी नगरपालिका–७ मंगलाघाटमा सडक कालोपत्र भएको छ ।

मंगलाघाट देखि हाडेभिर हुदै बगरफाँट जोड्ने १४ सय मिटर सडक कालोपत्र गर्न तीन वर्ष लागेको हो । मंगलाघाटमा आक्सफाल्ट प्रविधिको कालोपत्र गरिसकेको निर्माण कम्पनीले हाँडेभिरदेखि बगरफाँटतर्फ जोड्ने सडक कालोपत्र गर्न बेस र सब बेस राखिसकेको जनाएको छ ।

सहरी विकास मन्त्रालयको सघन सहरी बिकास डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको यो योजना देब एण्ड सायर–बिएन–त्रिशक्ति जेभीले रु. पाँच करोडमा ठेक्का लिएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य सहित २०७५ माघ २२ गते सम्झौता भएको थियो । सम्झौता अनुसार २०७७ माघ २२ गते सकिनुपर्ने थियो ।

Shreekrishna hardwear in news

मंगलाघाटको तल्लो बजार क्षेत्रमा करिब दुई सय मिटर सडक ढलान २०७५ साउनमै गरिएको थियो । निर्माण कम्पनीका प्रतिनिधी रोहन श्रेष्ठले मंगलाघाटमा कालोपत्र गरिसकेको र एक÷दुई दिनमा हाँडेभिर देखि बगरफाँट तर्फको सडक पनि कालोपत्र गरिने बताउनुभयो ।

Bhautik ministry notice about road

सम्बन्धित कार्यालयले पर्याप्त बजेट ब्यवस्थापन गर्न नसकेको यो आयोजना व्यवसायीको पनि लापरबाही र ढिलासुस्तिको शिकार वनेको मंगलाघाटवासीको गुनासो छ । सडक कालोपत्र नहुँदा मंगलाघाटका बासिन्दाहरुलाई हिलो र धुलोले सास्ती भएको थियो । कालोपत्रसँगै हिलो र धुलोको समस्या हटेर सहज भएको स्थानीय कृष्ण खत्रीले बताउनुभयो ।

साँघुरो सडक छेउमा थुपारिएका निर्माण सामग्रीले आवत जावतमा समस्या र दुर्घटनाको जोखिम बढाएको भन्दै मंगलाघाटका बासिन्दाहरुले गत वर्ष दुई पटक आन्दोलन गरेका थिए । सडक अवरुद्ध पारेर उनिहरुले जिल्ला प्रशासन कार्यालय र बेनी नगरपालिकामा पुगेर दवाव दिएका थिए ।

सडक बिस्तार र कालोपत्रे गर्न बेनी नगरपालिकाको कार्यालय अगाडी देखि मंगलाघाट जाने सडकमा यसअघि गरिएको पिच उक्काइएको थियो । नयाँ पिच गर्न ढिलाई गर्दा म्याग्दीको पश्चिमी भेगको नाकामा पर्ने मंगलाघाटको सडकको धुलो र हिलोले स्थानीयबासी प्रभावित भएका थिए । हाडेभिर–बगरफाँट भकिम्ली, सिंगा र बरंजालाई सदरमुकाम बेनीसँग जोड्ने सडकको नाका हो ।

निर्माण कम्पनीका प्रतिनिधी नारायण जिसीले कोरोना महामारी, लकडाउन र निषेधाज्ञाका कारण पटक पटक प्रयास गर्दा पनि काम गर्न नपाउँदा ढिलाई भएको दावी गर्नुभयो । उहाँले सडक निर्माण र कालापत्र गरेपनि सम्बद्ध कार्यालयले बजेट बिनियोजन नगरेको हुँदा समस्या भएको बताउनुभयो ।

अक्सपाल्ट प्रबिधिको कालोपत्रेका लागि गर्मी मौसम आवश्यक पर्छ । चिसोमा सेटिङ हुदैन् । यसअघिको दुई वर्षको गर्मियाममा कालोपत्रको तयारी गर्दा कोरोना महामारी फैलिएपछि रोकिएको थियो । हाँडेभिर देखि बगरफाँटसम्म नाली बनाउने, सडक फराकिलो र पर्खाल लगाउने काम सकेर सडकमा बेस र बस बेस राखेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...