म्याग्दीमा चुनावमा ५६१ जना कर्मचारी परिचालन हुने

Add Samajik bikash office

बेनी, आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा ५६१ जना कर्मचारी परिचालन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय म्याग्दीले चुनावमा खटिने कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको जानकारी दिएको छ ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले संघीय, प्रदेश कार्यालय र स्थानीय तहबाट कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएको बताउनुभयो ।

“हामीले चुनावमा खटाउन सकिने सम्भावित कर्मचारीहरुको विवरण संकलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौ,” उहाँले भन्नुभयो “मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ती दिएर चुनावमा खटाउँछ ।”

Shreekrishna hardwear in news

दुई हजार ३६७ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाइएको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर सन्देश थापाले बताउनुभयो । टे«ड युनियन (कर्मचारी संघ संगठन)मा आवद्ध नभएका कर्मचारीहरुलाई मात्र चुनावमा खटाइने निर्वाचन कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

छ वटा स्थानीय तहका ४५ वटा वडामा ७४ मतदान स्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ । ११४ जना मतदान अधिकृत, ११४ जना सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ जना सहयोगी कर्मचारी गरी कुल ५६१ जना सुरक्षाकर्मी बाहेकका जनशक्ति आवश्यक पर्ने निर्वाचन अधिकारी घिमिरेले बताउनुभयो ।

उहाँले निर्वाचन आयोगबाट मतपत्र र मतदाता परिचयपत्र बाहेकका चुनावका लागि आवश्यक पर्ने अधिकांश सामग्री जिल्लामा आइसकेको बताउनुभयो । कर्मचारी ब्यवस्थापनको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गतेभित्र मतदान र सहायक मतदान अधिकृतलाई तालिम दिने तयारी छ ।

मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालयका लेखा सम्बन्धी काम गर्ने कर्मचारीहरुलाई मंगलबार तालिम दिइएको थियो । लेखापाल सुमन सुवेदीले सो तालिमको सहजिकरण गर्नुभएको थियो । चुनावको सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीलाई परिचालन गर्न थालिएको छ । जनपद प्रहरीसँगै म्यादी प्रहरीलाई गस्तिमा परिचालन गरिएको हो । म्याग्दीमा ६१९ जना म्यादी प्रहरी नियुक्त भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आसन्न चुनावका लागि म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता छन् । ४१ ह्जार ४१४ पुरुष, ४२ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता छन् । म्याग्दी जिल्लाभर २३७ पदका लागि हुन लागेको चुनावमा ७५९ जनाले मनोनयन दर्ता गराएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...