मालिकामा कांग्रेसका उमेद्वार घरदैलोमा

Add Samajik bikash office

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले म्याग्दीको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर २ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको हो ।

घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार युवा नेता श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा २०७४ को चुनावमा आफु अध्यक्ष पदमा विजयी भएको र पहिलो कार्यकाल सफल भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Bhautik ministry notice about road

घरदैलोको अभियानमा निवर्तमान गाउँपालिका अध्यक्ष रोका मगरले अघिल्लो कार्यकालमा आफ्नो नेतृत्वमा भएका उपलब्धी, पहल तथा आगमी योजनाहरु सुनाउनु भयो छ । पहिलो कार्यकालमा समृद्ध गाउँपालिका निर्माणको जग बसाल्ने काम भएको उहाँको भनाई छ ।

Shreekrishna hardwear in news

आफ्नो कार्यकालमा कुनै पनि वडालाई विभेद नगरेको बताउनुभयो । वडाबाट छनौट भएर आएका योजनालाई आवश्यकताको आधारमा बजेट विनियोजन तथा ठुला योजनाहरुलाई प्रदेश र संघ सरकारकारसंग पहल गरेको बताउनुभयो ।

गाउँपालिकाको वडा नम्बर ५ देविस्थान, वडा नम्बर ३ डाडागाउँ, वडा नम्बर ४ को च्युरिबोट लगायत वडाका विभिन्न बस्तीमा घरदैलो अभियान संचालन गरेको कांग्रेसले जनाएको छ । घरदैलो अभियानमा गाउँपालिका उपाध्यक्ष उम्मेद्धार पिपला बुढा, वडा अध्यक्ष, सदस्य उम्मेद्धारहरु ,कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...