अर्वाङमा आगोलागीबाट घर जलेर नष्ट

Add Samajik bikash office

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको अर्वाङमा बिहिबार दिउँसो आगोलागीबाट एक वटा घर जलेर नष्ट भएको छ ।

स्थानीय मतिकला जुग्जालीको घरमा भएको आगोलागीबाट त्यहाँ रहेका सबै सामग्री जलेर नष्ट भएको छ । ढुङ्गा माटोले बनेको दुई तले घर, फर्निचर, लत्ताकपडा, भाडाकुडा लगायत सवै सामान जलेर नष्ट भएको पिडितले बताउनुभएको छ ।

Bhautik ministry notice about road

स्थानीय प्रगति युवा क्लवका पदाधीकारी, सदस्य र बासिन्दाहरुले संयुक्त रुपमा आगो निभाएर अन्यत्र फैलिन दिएनन् । दिउँसो ४ बजेदेखि आगो लागेको थियो । आगोलागीको अनुसन्धान र क्षतिको विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय दरवाङको टोली पनि घटनास्थल पुगेको छ । पिडितका अनुसार आगोलागीबाट रु. दश लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

Shreekrishna hardwear in news

मतिकला एकल महिला हुनुहुन्छ । छिमेकी आफन्तकहाँ अस्थायी बसोवासको ब्यवस्था मिलाइएको छ । प्रगति युवा क्लवका अध्यक्ष चक्र पुनले तत्काल राहतका लागि रु. दश हजार क्लवको तर्फबाट उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँको घर पुननिर्माणका लागि क्लवले सहयोगको अपिल गरेको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...