मुस्ताङमा बस दुर्घटनामा एक जनाको मृत्यु

Shreekrishna hardware

जोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बिहिबार भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मुक्तिनाथबाट जोमसोम जादै गरेको ना ५ ख २१४९ नम्बरको बस कागबेनीको घुम्तिमा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ४ कागबेनी मोडमा ग७प ५७२ नम्बरको स्कुटीलाई ठक्कर दिएको बस अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेको थियो । बसको ठक्करबाट वारागुङ मुक्तिक्षेत्र ४ कागबेनीका ४५ वर्षीय मिङ्मार गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक गोपीकृष्ण आचार्यले बताउनुभयो ।

Shreekrishna

५८ वर्षीया कमला तिमिल्सिना, ६५ वर्षीय कुलबहादुर कुवर, ४० वर्षीया बिष्णुमाया न्यौपाने, ७३ वर्षीया दुर्गा नेपाल, ६८ वर्षीया इन्दिरा न्यौपाने, ४५ वर्षीया पार्वती तिमिल्सिना, ३५ वर्षीया सरस्वती नेपाल, ११ वर्षीया दिलसा पौडेल, ६५ वर्षीय गोकर्णबहादुर खनाल, ६० वर्षीया धर्मशीला खनाल, ६० वर्षीया उषा कोइराला र ३५ वर्षीया सुनिता तिमिल्सना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

तीर्थयात्री सवार उक्त बसले विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र बेलबारी नगरपालिकाका ३५ यात्रु लिएर मुस्ताङ आएको थियो । कागबेनी र जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी तथा स्थानीयबासीले घाइतेहरुको उद्धार गरेर जोमसोम अस्पताल पु¥याएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...