बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज (बिहिबार) बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दरवाङ देखि बाबियाचौर जादै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Bhautik ministry notice about road

प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । मोटरसाइकको पछाडी बसेका मंगला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानको मुखमा सामान्य चोट लागेको छ ।

Shreekrishna hardwear in news

बिहान करिब ३ बजे सडकबाट मोटरसाइकल करिब १०० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक ढकालको टोली घटनास्थल पुगेको छ । कालोपत्रका लागि स्तरोन्नतिको क्रममा रहेको बेनी–दरवाङ सडकको बाङ्गे पहिरोको सडक ग्रेड नमिलेको उकालो छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...