चुनाव प्रचारमा बेनीका उमेद्वार

Gandaki Pardesh notice

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उमेद्वारहरुले चुनाव प्रचार थालेका छन् ।

जिल्ला सदरमुकाम समेत रहेको बेनी नगरपालिकामा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेशनल मंगोल अर्गनाइजेशन लगायत राजनीतिक दलका उमेद्वारहरुले चुनाव प्रचार थालेका हुन् ।

नागरिकलाई आफ्ना प्राथमिकता जानकारी गराउने र मत माग्न उमेद्वारहरु घरदैलो, कोणसभा र भेटघाटलाई प्रचारको माध्यम बनाएका छन् । उमेद्वारहरुले भेटघाट र घरदैलोलाई प्रभावकारी बनाउन जोड दिएका छन् ।

Shreekrishna hardwear in news

धेरै मतदातामाझ पुग्ने उद्देश्यले सभालाई भन्दा घरदैलोलाई जोड दिएका हुन् । बेनी नगरपालिकामा नेकपा एमालेका प्रमुखका उमेद्वार सुरत केसी र उपप्रमुखका उमेद्वार पशुपति शाहीले बुधबार बेनीको हुलाकचोकमा वडा नम्बर ७ को सम्पर्क कार्यालय उद्घाटन गर्नुको बेनी बजारमा घरदैलो गर्नुभयो ।

बेनपा–७ का अध्यक्षका उमेद्वार राजेन्द्रकुमार श्रेष्ठ र ८ का अध्यक्षका उमेद्वार उत्तमकुमार कर्माचार्य तथा वडा सदस्यका उमेद्वारहरुको टोलीले बेनी बजारमा घरदैलो गर्नुभएको थियो । बिहिबार रत्नेचौर देखि सभा सहितको घरदैलो अभियान चलाउने एमाले बेनी नगर कमिटिका अध्यक्ष नारायण जिसीले बताउनुभयो ।

Bhautik ministry notice about road

नेपाली काँग्रेसका नगरप्रमुखका प्रत्यासी चिरञ्जिवी शर्मा र उपप्रमुख अमृतदेवी बानियाको टोलीले बेनी नगरपालिका–४ सिंगा तातोपानीमा पार्टीको सम्पर्क कार्यालय उद्घाटन तथा मतदातासँग भेटघाट र कोणसभा गर्नुभएको छ । वडा अध्यक्षका प्रत्यासी सुमन बानिया सहितको टोलीले प्रचारप्रसार गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका नगरप्रमुखका उमेद्वार धनलाल जैसी, उपप्रमुखका उमेद्वार ज्योती लामिछाने पौडेल र वडा नम्बर ४ का अध्यक्षका उमेद्वार अणबहादुर खड्का (भगवान) सहित वडा सदस्यका प्रत्यासीहरुको टोलीले सुर्केमेला, थामडाडा क्षेत्रमा घरदैलो गर्नुभएको थियो ।

यसअघि मंगलबार माओवादीका उमेद्वारहरुले वडा नम्बर ३ भकिम्लीमा वडा अध्यक्ष पदम पुन र सदस्यहरुको टोली सहित घरदैलो र सभा गरेका थिए । घरदैलोका क्रममा उमेद्वारहरुले आफूलाई मत दिएर जिताउन आग्रह गरेका छन् । यसैगरी उनिहरुले मतदाताका समस्या, सुझाव, गुनासा सुन्ने र प्रतिवद्धता जनाउने गर्छन् ।

१० वटा वडा रहेको बेनीमा आसन्न निर्वाचनका लागि २१ हजार ८ सय ४२ मतदाता छन् । बेनीको नगरप्रमुखमा ८, उपप्रमुखमा ७, वडा अध्यक्षमा ३८, खुल्ला सदस्यमा ६८, महिला सदस्यमा २९ र दलित महिला सदस्यमा २९ गरि कुल १७९ जनाले मनोनयन दर्ता गराएका छन् ।

बेनीको केही वडामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले साझा उमेद्वार बनाएपनि प्रमुख, उपप्रमुखमा एकल प्रतिस्पर्धा गर्न मनोनयन दर्ता गरेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...