बेनीमा बृहत मुटुरोग शिविरको तयारी

Gandaki Ghumau

बेनी, । आगामी शुक्रबार र शनिबार म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरको तयारी तिब्र पारिएको छ ।

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आगामी बैशाख १६ र १७ गते बेनी अस्पतालमा हुने शिविरको प्रचार प्रसार तिब्र पारिएको हो । शिविरमा मुटु सम्बन्धी सबै सेवा सहित स्कुले विद्यार्थीलाई छुट्टै कक्षमा राखेर चेकजाँच गरिने छ ।

जिल्लाभित्र बालबालिकामा समेत मुटुको समस्या देखिने अवस्थालाई मध्यनजर गरी जिल्लाभित्रका सबै सामुदायिक तथा निजी विद्यालयमा पत्र पठाइएको छ । शिविरमा अप्रेसन गर्न वा थप उपचारका लागि लैजानुपर्ने बिरामीलाई संस्थामार्फत सहयोग समेत गरिने छ ।

Shreekrishna
Gunasthariya Shiksya

जनचेतनाको अभावका कारण आफ्नो मुटुको अवस्थाका बारेमा जानकारी पाउने तथा विभिन्न आधुनिक प्रविधिको प्रयोग गरी निशुल्क सेवा पाइने भएकाले पनि शिविर बारे गाउँ–गाउँमा पुगेर प्रचारप्रसार गरिएको शिविरका संयोजक हरिकृष्ण गौतमले बताउनुभयो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा करिब ४० जनाको टोली उपस्थित हुने जनाइएको छ । सेभ द हार्टका महासचिव शेरबहादुर रानाले शिविरमा आउने बिरामीलाई आवश्यक औषधी सहितको सुविधा समेत निशुल्क रहेको बताउनुभयो ।

मुटु रोगको बारेमा सचेतना र रोगवारे जान्ने अवसर समेत हुनेभएकाले शिविरमा आएर चेकजाँच गर्न समेत अनुरोध गरिएको छ । शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिनेछ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...