जन्मदिनमा प्रेस युनियनलाई आर्थिक सहयोग

Gandaki Pardesh notice

बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिका–४ का धनिलाल गर्बुजाले बुधबार जन्मदिनको अवसर पारेर नेपाल प्रेस युनियनलाई आर्थिक सहयोग गर्नुभएको छ ।

सञ्चारकर्मी समेत रहेका गर्बुजाले नेपाल प्रेस युनियन म्याग्दी शाखाले स्थापना गरेको अक्षयकोषमा रु. दश हजार उपलब्ध गराउनु भएको हो । प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्मा र सचिव साधन राम्जालीलाई गर्बुजाले नगद हस्तान्तरण गर्नुभएको थियो ।

Bhautik ministry notice about road

म्याग्दी न्युज डटकममा आवद्ध गर्बुजा प्रेस युनियन म्याग्दीका उपाध्यक्ष र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीका कोषाध्यक्ष हुनुहुन्छ । जन्मदिन मनाउदा हुने फजुल खर्च घटाएर जिल्लाका पत्रकारहरुलाई आपत विपद्को अवस्थामा सघाउन स्थापना भएको कोषमा सहयोग गरेको गर्बुजाले बताउनुभयो ।

Shreekrishna hardwear in news

पाँच लाखको अक्षयकोषमा हाल अष्ट्रेलियामा रहनुभएका प्रेस युनियन म्याग्दीका पुर्व सभापति गोपाल छन्त्यालले रु. २० हजार र नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतमले रु. दश हजार सहयोग गर्नुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...