म्याग्दीको २३७ पदमा ७५१ को उमेद्वारी दर्ता

Add Samajik bikash office

बेनी, स्थानीय तह निर्वाचन अन्तरगत म्याग्दीमा २३७ पदका लागि ७५१ जनाले मनोनयन दर्ता गराएका छन् ।

म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडाबाट निर्वाचित हुने पदका लागि आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा उमेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् ।

शान्तिपूर्ण रुपमा मनोनयन दर्ता भएको जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले जानकारी दिनुभयो । आइतबार सुनसान रहेका निर्वाचन अधिकृतको कार्यालयमा सोमबार रातीसम्म मनोनयन दर्ता भयो । पहिलो दिन जिल्लाभर जम्मा १७४ जनाको उमेद्वारी दर्ता भएको थियो ।

Shreekrishna hardwear in news

सत्ता साझेदार पाँच दलीय गठबन्धनको तालमेलको प्रयास र प्रमुख दल नेकपा एमालेले उमेद्वार छनौट गरेको ढिलाइले अन्तिम समयमा मनोनयन दर्ता गराउनेहरुको घुइचो भएको हो ।

निर्वाचन अधिकृतहरुको कार्यालयका अनुसार बेनी नगरपालिकाको ५२ पदमा १७९, धवलागिरीको ३७ पदमा ८९, मालिकाको ३७ पदमा १४७, मंगलाको २७ पदमा १०४, रघुगंगाको ४२ पदमा १४१ र अन्नपूर्णको ४२ पदमा ९८ जनाको मनोनयन दर्ता भएको छ ।
दावीबिरोध, छानवीन र उमेद्वारी फिर्तापछि उमेद्वारहरुको अन्तिम नामावली सार्वजनिक गरिने म्याग्दीका मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । मनोनयन दर्ताका लागि उमेद्वारहरु बाजा, गाजा र ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

Bhautik ministry notice about road

दोस्रो पटक हुन लागेको स्थानीय तह चुनावको मनोनयन दर्ता उल्लासमय थियो । जिल्लाभर धवलागिरी गाउँपालिकाको १ वटा वडा सदस्यमा मात्र एकल उमेद्वारी परेको छ । धवलागिरी–१ गुर्जाको वडा सदस्यमा एकल उमेद्वारी परेकाले नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्याल निर्विरोध हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

सत्ता साझेदारी पाँच दलीय गठबन्धनले साझा उमेद्वार बनाउने सैद्धान्तिक सहमति गरेपनि पद, पालिका र वडा बाँडफाडमा कुरा नमिलेपछि केही वडा र धवलागिरी गाउँपालिका बाहेकका पालिकामा एकल उमेद्वारी दर्ता गराएका छन् ।

धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तहसम्मनै साझा उमेद्वारको मनोनयन दर्ता गेर चुनावी सहकार्य गरेका छन् । बेनी नगरपालिकाको २, ६, ८ र ९ मा काँग्रेस र माओवादीका उमेदवारले एउटै चिन्ह लिएर मनोनयन दर्ता गराएका छन् । बेनी नगरपालिकाको ७, अन्नपूर्णको ३ र ५ नम्बर वडामा आ–आफ्नो चिन्हमा सहकार्य गरेर चुनाव लड्ने सहमतिमा मनोनयन दर्ता गराएका छन् ।

नेत्रबिक्रम चन्द् विप्लप नेतृत्वको नेकपाका नेताहरुले पनि स्वतन्त्र रुपमा उमेद्वार बनेका छन् । बेनी नगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेद्वारी दिएका वडा नम्बर २ का सम्राट सापकोटा विप्लप नेतृत्वका नेकपा निकट हुनुहुन्छ ।

पालिकाको प्रमुख पदमा तीन जना महिलाको उमेद्वारी दर्ता भएको छ । बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा सापकोटा, धवलागिरी गाउँपाकिलाको अध्यक्षमा नेकपा एमालेका थमसरा पुन र रघुगंगाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका मिना बिकले मनोनयन दर्ता गर्नुभएको हो ।

विक प्रमुख पदमा उमेद्वारी दर्ता गराउने एक मात्र दलित महिला हुनुहुन्छ । मंगला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट मनोनयन दर्ता गराएका टेकबहादुर बिक पालिकाको प्रमुख पदमा दलित समुदायका उमेद्वार हुनुहुन्छ ।

मंगला गाउँपालिकाको वडा नम्बर ४ मा मात्र वडा अध्यक्षका लागि दुई जना महिलाको उमेद्वारी दर्ता भएको छ । नेकपा एमालेकी लक्ष्मी बुढाथोकी र नेकपा माओवादी केन्द्रका मनमाया चोचाङ्गीले मात्र जिल्लाभर महिलाबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...