एमालेका धवलागिरी गाउँपालिका अध्यक्ष राप्रपाबाट उमेद्वार

Add Samajik bikash office

मुना, । नेकपा एमालेका धवलागिरी गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले राप्रपाबाट स्थानीय तह चुनावका लागि गाउँपालिका अध्यक्ष पदमा मनोनयन दर्ता गराउनुभएको छ ।

एमालेबाट गाउँपालिका अध्यक्षको टिकटको आकाक्षी रहेका थापा उमेद्वार छनौटमा नपरेपटि सोमबारनै राप्रपाबाट उमेद्वार बन्नुभएको हो । धवलागिरी गाउँपालिकाको निर्वाचन अधिकृत भोलाराज रेग्मीले थापाले राप्रपाबाट गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका बताउनुभयो ।

थापा नेकपा एमालेको धवलागिरी गाउँपालिका कमिटीको अध्यक्ष समेत हुनुहुन्छ । एमालेले धवलागिरीको अध्यक्षमा यसअघि पनि अध्यक्षमा निर्वाचित थमसरापुन र उपाध्यक्षमा प्रगति कार्कीलाई सोमबार बिहान मात्र उमेद्वार छनौट गरेको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उमेद्वार छनौटमा असन्तुष्टि जनाउदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उमेद्वार बन्नुभएको हो । पुन र थापासँगै एमालेका प्रदेश कमिटि सदस्य रेशम भण्डारी र वाहलवाला गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल अध्यक्षको आकक्षी हुनुहुन्थ्यो ।

धवलागिरीमा काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तह सम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका प्रेमप्रसाद पुन काँग्रेसको धवलागिरी गाउँपालिका सभापति हुनुहन्छ । उपाध्यक्षमा माओवादी केन्द्रका गाउँपालिका कमिटि सचिव रेशम पुनले उमेद्वारी दर्ता गर्नुभएको छ ।

स्थानीय तह निर्वाचन अन्तरगत धवलागिरीमा चुनिने ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उमेद्वारी दर्ता भएको हो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...