गुर्जामा माओवादीका एक जना वडा सदस्यका उमेद्वार निर्बिरोध

Add Samajik bikash office

मुना, १२ वैशाख । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाको वडा सदस्यमा नेकपा माओवादी केन्द्रका एक जना वडा सदस्य निर्बिरोध हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष समेत रहेकी सिताकुमारी छन्त्याल महिला वडा सदस्यमा निर्बिरोध हुनुभएको हो । धवलागिरी गाउँपालिकाको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले १ नम्बर वडाको महिला सदस्य पदमा छन्त्यालको मात्र उमेद्वारी परेकाले निर्बिरोध भएको बताउनुभयो ।

Bhautik ministry notice about road

छन्त्याल निर्बिरोध भएसँगै नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा मतदान नहुदै म्याग्दीमा खाता खोलेको छ । गुर्जाको वडा अध्यक्षमा माओवादी केन्द्रका झकबहादुर छन्त्यालले दोस्रो पटक उमेद्वारी दिनुभएको छ ।

Shreekrishna hardwear in news

उहाँ यसअघिको चुनावमा पनि माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । वडा सदस्यमा ताराप्रसाद विश्वकर्माले दोहो¥याउनुभएको छ । तालमेलका क्रममा गुर्जामा दुई जना वडा सदस्य काँग्रेसको भागमा परेको थियो ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...