धवलागिरीको ३७ पदमा ८९ जनाको उमेद्वारी

Add Samajik bikash office

मुना, । म्याग्दीको धवलागिरी गाउँपालिकाको स्थानीय तह निर्वाचनका लागि ३७ पदमा ८९ जनाको उमेद्वारी परेको छ ।

मुना स्थित निर्वाचन अधिकृतको कार्यालयमा सोमबार राती ११ बजेसम्म मनोनयन दर्ता गरिएको थियो । गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा तीन, वडा अध्यक्षमा २० र वडा सदस्यमा ५३ जनाको उमेद्वारी दर्ता भएको सहायक निर्वाचन अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो ।

वैशाख ३० गते हुने मतदानबाट सात वटा वडा रहेको धवलागिरी गाउँपालिकाको ३७ वटा पदमा जनप्रतिनिधी निर्वाचित हुनेछन् । जस मध्य वडा नम्बर १ गुर्जाको महिला सदस्यमा नेकपा माओवादी केन्द्रका सिताकुमारी छन्त्यालको मात्र उमेद्वारी परेकाले उहाँ निर्बिरोध हुनुभएको सहायक निर्वाचन अधिकृत खत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका थमसरा पुन, नेपाली काँग्रेसका प्रेमप्रसाद पुन, नेकपा एकिकृत समाजवादीका बमबहादुर पाईजा, राप्रपाका होमबहादुर थापा र नेशनल मंगोल अर्गनाइजेशनका सकबहादुर पुन मगरले मनोनयन दर्ता गर्नुभएको छ ।

Bhautik ministry notice about road

उपाध्यक्षमा एमालेका प्रगति कार्की, नेकपा माओवादी केन्द्रका रेशम पुन र मंगोल नेशनल अर्गनाइजेशनका खममाया रोकाको मनोनयन दर्ता भएको छ । थमसरा पुन एमालेबाट दोस्रो पटक धवलागिरीको अध्यक्षमा उमेद्वार बन्नुभएको हो । नेकपा एमालेका जिल्ला उपसचिव समेत रहेकी पुन गत स्थानीय तह चुनावमा पनि एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।


धवलागिरी गाउँपालिकाको उपाध्यक्षमा एमालेका उमेद्वार प्रगति कार्की निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्दै । तस्विर धौलागिरी खबर

धवलागिरीमा काँग्रेस र नेकपा माओवादी केन्द्रले वडा तह सम्मनै तालमेल गरेका छन् । गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षको उमेद्वार बनेका प्रेमप्रसाद पुन काँग्रेसको धवलागिरी गाउँपालिका सभापति हुनुहन्छ ।

गाँँउपालिका अध्यक्षमा एमालेबाट आकाक्षी रहेका होमबहादुर थापाले राप्रपाबाट टिकट लिएर अध्यक्षमा उमेद्वारी दर्ता गराउनुभएको हो । थापा नेकपा एमालेको धवलागिरी गाउँपालिका कमिटीको अध्यक्ष समेत हुनुहुन्छ ।

एमालेले धवलागिरीको अध्यक्षमा पुन र उपाध्यक्षमा कार्कीलाई सोमबार बिहान मात्र उमेद्वार छनौट गरेको थियो । उमेद्वार छनौटमा असन्तुष्टि जनाउदै थापा राप्रपा प्रवेश गरेर अध्यक्षको उमेद्वार बन्नुभएको हो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट धवलागिरी गाउँपालिकाको उपाध्यक्षकाउमेद्वार बनेका रेशम पुन । तस्विर धौलागिरी खबर
Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...