बेनीमा १७९ जनाको उमेद्वारी

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह निर्वाचनका लागि १७९ जना उमेद्वारको मनोनयन दर्ता भएको छ ।

बेनी स्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार अवेर सम्म मनोनयन दर्ता भएको थियो । आइतबार भने जम्मा तीन जनाले मनोनयन दर्ता गरेका थिए । बेनीमा ५२ पदमा निर्वाचन हुन लागेको हो ।

जिल्ला निर्वाचन कार्यालयका लेखापाल सुमन सुवेदीका अनुसार नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यमा उमेद्वारी दिनेहरुको संख्या १७९ जना छ । वैशाख ३० गते हुने मतदानमा बेनी नगरपालिकामा २४ हजार ७११ जना मतदाता छन् । १० वटा वडा रहेको बेनी नगरपालिकामा १७ वटा मतदान स्थलमा २८ वटा मतदान केन्द्र छन् ।

Shreekrishna hardwear in news
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न जाँदै नेपाली काँग्रेसको तर्फबाट बेनीको प्रमुखका उमेद्वार चिरञ्जिवी शर्मा र उपप्रमुखका उमेद्वार अमृतादेवी बानिया ।
Bhautik ministry notice about road

बेनीको नगरप्रमुखमा ८, उपप्रमुखमा ७, वडा अध्यक्षमा ३८, महिला सदस्यमा ३१, दलित महिला सदस्यमा २९ र खुल्ला सदस्यमा ६६ जनाको मनोनयन दर्ता भएको छ । मनोनयन दर्ताका लागि राजनीतिक दलका उमेद्वारहरु वाजा गाजा र ¥याली सहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

नगर प्रमुखमा नेकपा एमालेका सुरत केसी, नेपाली काँग्रेसका चिरञ्जिवी शर्मा, नेकपा माओवादी केन्द्रका धनलाल जैसी, राप्रपाका मिनाकुमारी शर्मा सापकोटा, स्वतन्त्र उमेद्वार धनबहादुर श्रीस, सम्राट सापकोटा लगायतले मनोनयन दर्ता गराउनुभएको छ ।

बेनीको नगर उपप्रमुखमा एमालेका पशुपति शाही, काँग्रेसकी अमृतादेवी बानिया, माओवादी केन्द्रका ज्योती लामिछाने पौडेल, राप्रपाका एकेन्द्रबहादुर रावल लगायतले मनोनयन दर्ता गराउनुभएको छ । मनोनयन दर्ता हुँदासम्म बेनीको मेयर उपमेयरमा सत्ता साझेदार पाँच दलीय गठबन्धनको तालमेल नभएपनि वडा तहमा दुवै दलका उमेद्वारले एउटै चिन्ह् लिएर मनोनयन दर्ता गरेका छन् ।

नेकपा माओवादी केन्द्रको तर्फबाट बेनी नगरपालिकाको प्रमुखका उमेद्वार चिरञ्जिवी शर्मा र उपप्रमुखका उमेद्वार पशुपति शाही । तस्विर धौलागिरी खबर

वडा नम्बर २, ६, ७, ८ र ९ मा काँग्रेस र माओवादीले तालमेल गरेका छन् । २, ८ र ९ मा माओवादीका नेताले काँग्रेसको चुनाव चिन्हबाट मनोनयन दर्ता गरेका छन् । वडा नम्बर ६ मा माओवादीको चुनाव चिन्हबाट काँग्रेसका उमेद्वारले मनोनयन दर्ता गरेका छन् । वडा नम्बर ७ मा पनि तालमेल भएको छ । तर दुवै पार्टिले आ आफ्नो चिन्हमा मनोनयन दर्ता गराएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...