मालिकामा १४७ जनाको मनोनयन दर्ता

Gandaki Pardesh notice

दरवाङ । म्याग्दीको मालिका गाउँपालिकामा स्थानीय तह निर्वाचनका लागि १४७ जनाले उमेद्वारी दर्ता गराएका छन् ।

दरवाङ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दल तथा स्वतन्त्र १४७ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृत गोविन्द उपाध्ययले अध्यक्षमा ४, उपाध्यक्षमा ४, वडा अध्यक्षमा २८ र वडा सदस्यमा १११ जनाले मनोनयन दर्ता गरेका जानकारी दिनुभयो ।

यही वैशाख ३० गते हुने मतदानबाट सात वटा वडा रहेको मालिकामा ३७ पदमा जनप्रतिनिधी चयन हुदैछन् । ९ वटा मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको मालिका गाउँपालिकामा १३ हजार २०१ जना मतदाता छन् ।

Shreekrishna hardwear in news
नेकपा एमालेको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार बेगप्रसाद गर्बुजा । तस्विर धौलागिरी खबर
Bhautik ministry notice about road

अध्यक्षमा नेकपा एमालेका बेगप्रसाद गर्बुजा, नेपाली काँग्रेसका श्रीप्रसाद रोका, नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) र नेशनल मंगोल अर्गनाइजेशनका खमबहादुर रोकाले मनोनयन दर्ता गर्नुभएको हो । उपाध्यक्षमा एमालेका लक्ष्मीदेवी पुन, नेपाली काँग्रेसका पिपला बुढाथोकी र नेकपा माओवादी केन्द्रका गौरी सेञ्चुरीले मनोनयन दर्ता गर्नुभएको छ ।

मालिकामा गत निर्वाचनमा काँग्रेसको तर्फबाट निर्वाचित रोकाले यस पटक दोहोराएर उमेद्वार बन्न लाग्नुभएको हो । अघिल्लो चुनावमा रोका र एमालेका उमेद्वार गर्बुजाबीच प्रतिस्पर्धा भएको थियो । गत चुनावमा स्वतन्त्रबाट उमेद्वार भएर वडा नम्बर ७ को वडा अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका जिल्ला संयोजक जुुग्जाली यसपाली पालिका अध्यक्षमा भिड्नुभएको हो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट मालिका गाउँपालिकाको अध्यक्षका उमेद्वार रेशम जुग्जाली (सुविन) । तस्विर धौलागिरी खबर

काँग्रेसका उपाध्यक्षका उमेद्वार बुढा गत चुनावमा वडा नम्बर ५ को अध्यक्षमा निर्वाचित हुनुभएको थियो । माओवादीका प्रदेश कमिटि सदस्य सेञ्चुरी गत चुनावमा पनि उपाध्यक्षको प्रत्यासी हुनुहुन्थ्यो ।

मालिकामा यसपाली वडा नम्बर १ मा काँग्रेसका टंकप्रसाद पुनले वडा अध्यक्षमा दोहोराएर उमेद्वार बन्न लाग्नुभएको हो । वडा नम्बर ६ का एमालेका वडा अध्यक्षका उमेद्वार पथबहादुर रोका यसअघि वडा सदस्य हुनुहुन्थ्यो । वडा नम्बर ५ मा काँग्रेसका वडा अध्यक्षका उमेद्वार मिम पुन यसअघि वडा सदस्य हुनुहुन्थ्यो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...