रघुगंगामा १४१ जनाको मनोनयन दर्ता

Add Samajik bikash office

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिकामा ४२ पदका लागि १४१ जनाको मनोनयन दर्ता भएको छ ।

आठ वटा वडा भएको रघुगंगाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्य निर्वाचित गर्न वैशाख ३० गते हुने निर्वाचनका लागि आइतबार र सोमवार उमेद्वारहरुले मौवाफाँट स्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गरेका हुन् ।

गाउँपालिका अध्यक्षमा पाँच, उपाध्यक्षमा चार, वडा अध्यक्षमा ३१, महिला सदस्यमा २३, दलित महिला सदस्यमा २६ र खुल्ला वडा सदस्यमा ५२ जनाको उमेदवारी परेको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

निर्वाचत अधिकृत तेजनारायण पौडेलले गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट प्रेमबहादुर कार्की, नेपाली काँग्रेसका भवबहादुर भण्डारी, नेकपा माओवादी केन्द्रबाट मिना बिक, नेशनल मंगोल अर्गनाइजेशनका तुलप्रसाद गर्बुजा र स्वतन्त्र उमेद्वार सागर भण्डारीले उमेद्वारी दर्ता गराएको जानकारी दिनुभयो ।

Bhautik ministry notice about road
रघुगंगाको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउदै नेकपा एमालेका उमेद्वारहरु । तस्विर धौलागिरी खबर

उपाध्यक्षमा नेकपा एमालेका यामकुमारी गर्बुजा, नेपाली काँग्रेसका प्रेमकुमारी पुन, नेकपा माओवादी केन्द्रका रिमबहादुर कटुवाल र स्वतन्त्र उमेद्वार अनुरोध रिजालले मनोनयन दर्ता गर्नुभएको छ ।

गाउँपालिका अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी दोस्रो पटक उमेद्वार बन्नुभएको हो । उहा गत स्थानीय तह चुनावमा पनि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एमालेले रघुगंगाको अध्यक्षमा गाउँपालिका कमिटीका अध्यक्ष प्रेमबहादुर कार्कीलाई उमेद्वार बनाएको छ ।

माओवादी केन्द्रकी उमेद्वार विक म्याग्दीको गाउँपालिका अध्यक्षको उमेद्वार बन्ने एक मात्र दलित महिला हुनुहुन्छ । अन्य दलले दलित महिला सदस्यमा मात्र दलित महिलालाई बाध्य भएर अवसर दिएकोमा माओवादीले गाउँपालिका अध्यक्षको उमेद्वार बनाएकोमा बिकले खुसी ब्यक्त गर्नुभयो ।

उहाँ वडा नम्बर ६ पाखापानीका हुनुहुन्छ । माओवादीबाट गाउँपालिका उपाध्यक्षको उमेद्वार बन्नुभएका कटुवाल यसअघि वडा नम्बर २ भगवतिको वडा अध्यक्ष हुनुहुन्थ्यो । काँग्रेसबाट वडा नम्बर १ मा बिलप्रसाद फगामी, ५ मा मनबहादुर शेरपुञ्जा, ६ मा मनकुमार शेरपुञ्जा र ८ मा गमान छन्त्याल दोहो¥याएर उमेद्वार बन्नुभएको छ । १४ मतदान स्थल र १९ मतदान केन्द्र भएको रघुगंगा गाउँपालिकामा १३ हजार ६४७ जना मतदाता छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...