अन्नपूर्णमा ९८ जनाको मनोनयन दर्ता

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्वाचित हुने ४२ पदका लागि ९८ जनाको उमेद्वारी दर्ता भएको छ ।

पोखरेबगर स्थित गाउँपालिकाको निर्वाचित अधिकृतको कार्यालयमा आइतबार र सोमबार विभिन्न दलका ९८ जनाले मनोनयन दर्ता गराएका हुन् । ८ वटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र ३२ जना सदस्य पदमा गरि ४२ जना निर्वाचित गर्न मतदान हुन लागेको हो ।

निर्वाचन अधिकारी जानुका सुवेदीले गाउँपालिका अध्यक्षमा ४ र उपाध्यक्षमा ३, वडा अध्यक्षमा २३, खुल्ला वडा सदस्यमा ३५, महिला सदस्यमा १७ र दलित महिला सदस्यमा १६ जनाको मनोनयन दर्ता भएको जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका भारतकुमार पुन, नेपाली काँग्रेसका बलबहादुर तिलिजा पुन, राप्रपाका तिर्थबहादुर खड्का र नेशनल मंगोल अर्गनाइजेशनका रामबहादुर गर्बुजाले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा एमालेबाट अन्नपूर्ण गाउँपालिका अध्यक्षका उमेद्वार भारतकुमार पुन । तस्विर धौलागिरी खबर
Bhautik ministry notice about road

यसैगरी उपाध्यक्षमा नेकपा एमालेका दिवाकुमारी पुन, नेपाली काँग्रेसका ललिता तिलिजा पुन र नेशनल मंगोल अर्गनाइजेशनका एलिना पुर्जा शेरपुञ्जाले मनोनयन दर्ता गराउनुभएको छ ।

१४ मतदान स्थलमा १७ वटा केन्द्र तोकिएको अन्नपूर्ण गाउँपालिकामा १२ हजार २६ जना मतदाता छन् । वडा नम्बर १ मा एमालेका दिलिपकुमार गर्बुजा, ७ मा काँग्रेसका गमबहादुर फगामी र ८ मा एमालेका खमबहादुर गर्बुजाले दोस्रो कार्यकालका लागि वडा अध्यक्ष बन्न उमेद्वारी दर्ता गराउनुभएको छ ।

अघिल्लो चुनावमा माओवादी केन्द्रवाट २ नम्बर वडाको अध्यक्षमा निर्वाचित ओम फगामी यसपाली एमालेबाट सोही वडाको उमेद्वार बन्नुभएको छ । वडा नम्बर ५ को लामो समय कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी निर्वाह गरेका काँग्रेसका राजेश तिलिजा पुनले पनि दोहोराएर उमेद्वार बन्नुभएको छ ।

यसअघि वडा नम्बर ६ घारको वडा सदस्य रहेका रामबहादुर खड्का नेपाली काँग्रेसबाट वडा अध्यक्षको उमेद्वार बन्नुभएको छ ।

नेपाली काँग्रेसबाट अन्नपूर्ण गाउँपालिका अध्यक्षका उमेद्वार बलबहादुर तिलिजा पुन । तस्विर धौलागिरी खबर
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...