मंगलाको २७ पदमा १०५ जनाको उमेद्वारी

Gandaki Pardesh notice

बाबियाचौर, । स्थानीय तह चुनाव अन्तरगत म्याग्दीको मंगला गाउँपालिकामा निर्वाचित हुने २७ पदका लागि १०५ जनाले उमेद्वारी दर्ता गरेका छन् ।

गाउँपालिकाको केन्द्र बावियाचौरमा आइतबार र सोमबार विभिन्न राजनीतिक दलका १०४ जना र एक जना स्वतन्त्र उमेद्वारले मनोनयन दर्ता गराउनुभएको हो । मंगलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले अध्यक्षमा ६, उपाध्यक्षमा ७, वडा अध्यक्षमा २० र सदस्यमा ७२ जनाको उमेद्वारी दर्ता भएको जानकारी दिनुभयो । एक÷एक जना गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, पाँच जना वडा अध्यक्ष र २० जना सदस्य पदमा निर्वाचन हुन लागेको हो ।

गाउँपालिका अध्यक्षमा एमालेका सतप्रसाद रोका, नेपाली काँग्रेसका बिरेन्द्र बुढाथोकी, नेकपा माओवादी केन्द्रका टेकबहादुर बिक, राप्रपाका योगेन्द्रमान शेरचन, नेशनल मंगोल अर्गनाइजेशनका गिरु रोका र नेकपा एकिकृत समाजवादीका रुद्रबहादुर किसानले उमेद्वारी दर्ता गर्नुभएको छ ।

Shreekrishna hardwear in news
नेकपा एमालेबाट मंगला गाउँपालिका अध्यक्षका उमेद्वार सतप्रसाद रोका र उपाध्यक्षका उमेद्वार पेमकुमारी क्षेत्री (पेमा) । तस्विर धौलागिरी खबर

उपाध्यक्षमा नेकपा एमालेकी प्रेमकुमारी क्षेत्री, नेपाली काँग्रेसका सर्मीला थापा, नेकपा माओवादी केन्द्रका सुकमाया रोका, नेकपा एकिकृत समाजवादीकी कल्पना सापकोटा, नेशनल मंगोल अर्गनाइजेशनका भूमि घर्तिमगर र स्वतन्त्र उमेद्वार टंकप्रसाद बुढाथोकीले मनोनयनपत्र दर्ता गराउनुभएको छ ।

Bhautik ministry notice about road

नेकपा माओवादी केन्द्रबाट वडा नम्बर १ कुहुँको वडा सदस्यकी उमेद्वार ७८ वर्षीया यामकुमारी पुन सबैभन्दा जेष्ठ र नेशनल मंगोल अर्गनाइजेशनबाट उपाध्यक्षकी उमेद्वार २४ वर्षीय भूमि घर्तिमगर समैभन्दा कम उमेरका उमेद्वार भएका निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

एमालेबाट मंगलाको अध्यक्षमा उमेद्वार बन्नुभएका रोका यसअघिको चुनावमा सोही पार्टीबाट अध्यक्षमा निर्वाचित हुनुभएको थियो । माओवादीका अध्यक्षका उमेद्वार सो पार्टीका गण्डकी प्रदेश कमिटि सहसचिव हुनुहुन्छ ।

यसैगरी मंगलाको वडा नम्बर ४ मा एमालेबाट लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रकी मनमाया चोचाङ्गीले वडा अध्यक्षमा मनोनयन दर्ता गर्नुभएको छ । एकै ठाउँबाट उमेद्वार बनेका बुढाथोकी र चोचाङ्गी मात्र जिल्लाका महिला वडा अध्यक्षका उमेद्वार हुन् ।

एमालेबाट मंगलाको वडा नम्बर २ मा धनबहादुर खाती क्षेत्री, ३ मा कबिन्द्र रोका र ५ मा भूपेन्द्र खत्रीले दोहोराएर उमेद्वार बन्नुभएको हो । उहाँहरु अघिल्लो चुनावमा पनि वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेकपा माओवादी केन्द्रबाट मंगला गाउँपालिका अध्यक्षका उमेद्वार टेकबहादुर बिक र उपाध्यक्षका उमेद्वार सुकमाया रोका । तस्विर धौलागिरी खबर
मंगला गाउँपालकाको अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा उमेद्वारी दर्ता गरेका नेकपा माओवादी केन्द्रका उमेद्वारहरु । तस्विर धौलागिरी खबर
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...