पहिलो दिन १७४ जनाको मनोनयन दर्ता

Sinchai Khanipani notice

बेनी,। म्याग्दीका छ वटा पालिकामा आइतबार १७४ जना उमेद्वारले मनोनयन दर्ता गरेका छन् ।

वैशाख ३० गते मतदान हुने चुनावको मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धवलागिरी गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्युन संख्यामा उमेद्वारी दर्ता भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार १७४ जना दल र स्वतन्त्र उमेद्वारले मनोनयन दर्ता गरेका हुन् । रघुगंगा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा २ जनाको मनोनयन दर्ता भएको हो ।

Shreekrishna hardwear in news

मनोनयन दर्ता गरेका मध्य धवलागिरीका १, रघुगंगाका ३ र बेनी नगरपालिकाका दुई जना स्वतन्त्र हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अन्नपूर्ण गाउँपालिकामा दुई वडा सदस्य बाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन् । रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सवै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उमेद्वारहरु बाजागाजा र ¥याली सहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

रघुगंगाको अध्यक्षमा नेपाली काँग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गर्नुभएको निर्वाचत अधिकृत तेजनारायण पौडेलले बताउनुभयो । मंगोल नेशनल अर्गनाइजेशनले रघुगंगामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उमेद्वार बनाएको छ ।

Bhautik ministry notice about road

अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा नेपाली काँग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मंगोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ दानाको वडा सदस्यमा संगिता सार्की बिक र वडा नम्बर ५ को खुल्ला वडा सदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराउनुभएको छ ।

काँग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठ वटै वडाका सवै पदमा उमेद्वारी दिएको जनाएको छ । बेनी नगरपालिकाको वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उमेद्वार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गर्नुभएको छ ।

मंगला गाउँपालिकाका निर्वाचन अधिकृत धर्मराज पौडेलले नेपाली काँग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताउनुभयो । मालिकामा नेशनल मंगोल अर्गनाइजेशनले पालिका अध्यक्ष सहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले बताउनुभयो ।

मंगोलका खमबहादुर रोकाले मालिका गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको हो । नेपाली काँग्रेसले दरवाङ बजारमा ¥याली सहितको शक्ति प्रर्दशन गरेपनि समय सकिएकाले मनोनयन दर्ता गरेनन् ।

धवलागिरीका निर्वाचन अधिकृत भोलाराज रेग्मीले १ जना स्वतन्त्र र दुई जना नेपाली काँग्रेसका उमेद्वारको मनोनयन दर्ता भएको बताउनुभयो । वडा नम्बर ७ को अध्यक्षमा अर्जुनबहादुर थापाले स्वतन्त्र उमेद्वारी दर्ता गराउनुभएको छ । नेपाली काँग्रेसबाट वडा नम्बर ५ को अध्यक्षमा अमरबहादुर छन्त्याल र एक जना सदस्यको मनोनयन दर्ता भएको छ ।
नेकपा एमालेले धवलागिरी गाउँपालिका र बेनी नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा मालिका र मंगलाको उपाध्यक्षका उमेद्वार छनौट नगरेकाले आइतबार मनोनयन दर्ता नगरेको हो । माओवादी केन्द्रले पाँच दलीय सत्ता गठबन्धनको तालमेलका लागि केन्द्रिय र प्रदेश कमिटिको आग्रहमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...