रघुगंगामा काँग्रेसको मनोनयन दर्ता

Add Samajik bikash office

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसका उमेद्वारहरुले आइतबार स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गरेका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावमा काँग्रेसबाट रघुगंगामा भवबहादुर भण्डारी दोस्रो पटक उमेद्वार बन्नुभएको छ । वडा नम्बर ६ कोटगाउँकी प्रेमकुमारी पुनले उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ ।

रघुगंगाका निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले आइतबार ७५ जनाले मनोनयन दर्ता गरेका जानकारी दिनुभयो । नेपाली काँग्रेसका साथै स्वतन्त्र उमेद्वारहरुले पनि मनोनयन दर्ता गरेका उहाँले बताउनुभयो ।

Shreekrishna hardwear in news

स्वतन्त्रबाट सागर भण्डारीले गाउँपालिका अध्यक्ष, अनुरोध रिजालले उपाध्यक्ष र रञ्जना श्रेष्ठले वडा नम्बर २ को वडा अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । काँग्रेसबाट वडा न १ को अध्यक्षमा बिलबहादुर फगामी, महिला सदस्यमा सोभिता पुन, दलित महिला सदस्यमा रुपा नेपाली दर्जी, खुल्ला सदस्यमा भक्तबहादुर शेरपुजा र बलमान गौचन उमेद्वार बन्नुभएको छ ।

Bhautik ministry notice about road

वडा नम्बर २ को अध्यक्षमा लोकबहादुर भण्डारी, सदस्यमा रुद्रबहदुर भण्डारी, गोकर्ण भण्डारी, शोभा परियार, डेककुमारी श्रेष्ठ भण्डारी र ३ को अध्यक्षमा अशोक शाहीले उम्मेद्धारी दिए पनी सदस्यहरुको टुङ्गो लागेको छैन ।

त्यस्तै वडा नं. ४ को अध्यक्षमा पविन गर्बुजा, सदस्यहरुमा क्रमश कुमारी पुर्जा गर्बुजा, आरती विश्वकर्मा, चित्र बहादुर गर्बुजा र राजकुमारी गुर्बजा, वडा नं. ५ मा अध्यक्षमा मनबहादुर शेरपुञ्जा, सदस्यहरुमा दिलु थजाली, धनमाया गोतामे घताने, रामबहादुर थजाली डमबहादुर रोका, वडा न ६ को अध्यक्षमा मनकुमार शेरपुजा सदस्यहरुमा मिना पुन, लिर्मला बिक, टेकजित छन्त्याल, दलप्रसाद पुनले उम्मेद्धारी दिनुभएको छ ।

त्यसैगरी वडा नंं ७ को अध्यक्षमा बेगबहादुर पुन, सदस्यहरुमा बुद्धिमाया पुन, सितल विक, धनबहादुर पुन, इन्द्र पुन मगर र वडा नं. ८ को अध्यक्षमा गमान छन्त्याल, सदस्यमा प्रिति गर्बुजा, यामकुमारी गोतामे, चबहादुर छन्त्याल र अगेन्द्र छन्त्यालले उम्मेद्धारी दर्ता गर्नुभएको छ । उम्मेद्वारी दर्ता गर्नुअघि काँग्रेसका नेता कार्यकर्ताले गाउँपालिकाको केन्द्र मौवाफाँटमा बाजा गाजा सहित ¥याली गरेका थिए ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...