मराङको बुलमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

Gandaki Pardesh notice

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बुलमा आइतबार हेलिकप्टर मार्फत सुत्केरीको उद्धार गरिएको छ ।

सुत्केरी भएपछि बेहोस बनेकी बुलकी ३६ वर्षीया टिका बिकको गण्डकी प्रदेश सरकार र गाउँपालिकाको समन्वयमा हेलीकप्टर मार्फत उद्धार गरेर पोखरा लगिएको हो ।

प्रदेश सरकारको हवाई उद्धार कार्यक्रम अन्तरगत प्रभु एयरको हेलिकप्टरबाट विकलाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको धवलागिरी गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक सम्झना कार्कीले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“मराङ स्वास्थ्य चौकीले दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरेपछि लत्ताकपडा र सर सामान लिन घर पुगेको अवस्थामा त्यही बच्चा जन्मिएको रहेछ,” उहाँले भन्नुभयो “सुत्केरी हुनेवित्तिकै बेहोस भएको खबर पाएपछि स्वास्थ्य चौकी, वडा, गाउँपालिकाका जनप्रतिनिधी र स्वास्थ्य कार्यालयको समन्वयमा हेलिकप्टर बोलाएर पोखरा पठाएका हौ ।”

विकले दोस्रो सन्तानको रुपमा आइतबार छोरी जन्माउनु भएको थियो । बेहोस भएकी बिकको मराङ स्वास्थ्य चौकीका अनमी दालकुमारी गर्बुजाले घरमै पुगेर प्राथमिक उपचार र उद्धारका लागि समन्वय गर्नुभएको थियो ।

प्रदेश सरकारको जटिल अवस्थाका गर्भवति र सुत्केरी महिलाको हवाई उद्धार कार्यक्रम प्रभावकारी वनेको छ । दुर्गम र विकट क्षेत्रका गर्भवति तथा सुत्केरीलाई समयमै अस्पताल पु¥याएर आमा र बच्चाको ज्यान बचाउन सहयोग पुगेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...