भुरुङ्गका फगामी एमाले प्रवेश

Gandaki Ghumau

बेनी। नेकपा माओवादी केन्द्रका अन्नपूर्ण गाउँपालिका अध्यक्ष ओमप्रकाश फगामी लगायतका नेता कार्यकर्ता शनिबार नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

माओवादीबाट गत चुनावमा वडा अध्यक्ष जितेर आगामी निर्वाचनका लागि वडा अध्यक्षको उमेद्वारमा सिफारिस भएका फगामी अन्य नेता कार्यकर्तालाई लिएर एमाले प्रवेश गर्नुभएको हो ।

उहाँलाई नेकपा एमालेका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इञ्चार्ज भुपेन्द्र थापा, जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवाल, उपाध्यक्ष बालकृष्ण सुवेदी, गाउँपालिका अध्यक्षका उमेद्वार भरत पुन, उपाध्यक्षका उमेद्वार दिवा पुन लगायतले स्वागत गर्नुभएको थियो ।

Shreekrishna
Gunasthariya Shiksya

एमाले म्याग्दीका उपाध्यक्ष सुवेदीले फगामीले २०० जना कार्यकर्ता सहित एमाले प्रवेश गरेको जानकारी दिनुभयो । फगामी यसअघि पनि वि.स २०७४ को प्रदेश र प्रतिनिधीसभा चुनाव अघि एमाले र माओवादी केन्द्र एकता हुनुअघिनै एमालेमा प्रवेश गर्नुभएको थियो ।

सर्वोच्च अदालतको फैसलाले पुर्बवत पार्टी भएपछि दुवै जना माओवादीमा आवद्ध हुनुभएको थियो । जिम्मेवारी पुरा नगर्ने, पार्टी अनुशासन निर्देशन भन्दा फरक गतिविधि सञ्चालन गर्ने, पार्टी विपरित कार्य गर्ने गरेको भन्दै शुक्रबार नेकपा माओवादी केन्द्र म्याग्दीले फगामीलाई साधारण सदस्यता समेत नरहने गरि कारबाहीका लागि सिफारिस गरेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...