सुगम र सम्बृद्ध वडा बनाउने परिकल्पना सहित बेनपा ४ मा माओवादीका उमेद्वार चुनावी मैदानमा

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा नेकपा माओवादी केन्द्रले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका उमेद्वार घोषणा गरेको छ ।

माओवादीले बेनपा–४ मा अणबहादुर खड्का (भगवान) लाई वडा अध्यक्ष र अन्य चार जना वडा सदस्यका उमेद्वार सार्वजनिक गरेको हो । खुल्ला वडा सदस्यमा प्रेम श्रीस र केन खत्री, महिला सदस्यमा मिना कार्की र दलित महिला सदस्यमा पवित्रा सार्कीलाई उमेद्वार बनाएर चुनावी मैदानमा उतारेको हो ।

साविक सिंगा गाविसको सवै टोल, भूगोल र समुदायलाई समेटेर उमेद्वार चयन गरिएको वडा सदस्यका समेत उमेद्वार रहेका माओवादीका वडा कमिटी अध्यक्ष केन खत्रीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

वडा अध्यक्षका उमेद्वार ४७ वर्षीय खड्का माओवादी केन्द्रको बेनी नगर कमिटि उपाध्यक्ष हुनुहुन्छ । गत चुनावमा पनि माओवादीबाट वडा अध्यक्षका उमेद्वार बन्नुभएका खड्का सिंगाको धवलागिरी माविको दोस्रो कार्यकालका लागि व्यवस्थापन समिति अध्यक्ष हुनुहुन्छ ।

सिंगाको जनचेतना युवा क्लवका अध्यक्ष समेत रहेका खड्का व्यवस्थापन समिति अध्यक्ष भएपछि धवलागिरी माविमा पुर्व शिक्षक र विद्यार्थीको पुर्नमिलन कार्यक्रम गरेर आर्थिक स्रोत जुटाई दश जोड दुई तहको पठनपाठन सञ्चालन र सुविधासम्पन्न भवन निर्माण भएको छ ।

सिंगामा ब्लक उद्योग सञ्चालन गरेर १२ जनालाई रोजागारी दिएका खड्काले अन्य साझेदारहरुसँग समन्वय गरेर सिंगामा ब्यवसायिक रुपमा उन्नत जातको बोयर बाख्रापालन समेत गर्नुभएको छ ।

सिंगामा सिचाई सुविधा विस्तार गरेर कृषि उत्पादन बढाउने, युवाहरुलाई उत्पादनमा जोड्ने, स्वदेशमै रोजगारी सिर्जना गराउने, शिक्षा र स्वास्थ्यको गुणस्तर सुधार, तातोपानी कुण्डमा प्राकृतिक उपचार केन्द्रलाई ब्यवस्थित रुपमा सञ्चालन गर्ने, नदी कटान र पहिरो नियन्त्रण सम्वन्धी योजनालाई प्राथमिकता दिने खड्काले बताउनुभयो ।

सुन्तला र तरकारी खेती, गाईभैसीपालन मार्फत दूध उत्पादनको साथै सिंगालाई उन्नत बाख्राको स्रोत केन्द्र र बेनीको सुगम वडामा रुपान्तरण गर्ने खड्का लगायत माओवादी केन्द्रका उमेद्वारहरुको प्रतिवद्धता छ ।हाडेभिर–बगरफाँट–थामडाडा र महारानीथान–डाडाखेत–ठूलोखोला सडकलाई वैकल्पिक सडक बनाउने र अन्य बस्ती जोड्ने सडक स्तरोन्नति गरेर सहज र सुरक्षित बनाउने वडा अध्यक्षका उमेद्वार खड्काले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...