एकिकृत समाजवादीबाट बेनीको मेयरमा कृष्णकुमार विश्वकर्मा उमेद्वार बन्ने

Gandaki Pardesh notice

बेनी, । नेकपा एकिकृत समाजवादीले वैशाख ३० गते हुन लागेको स्थानीय तह चुनावमा म्याग्दीको बेनी नगरपालिकाको मेयरमा कृष्णकुमार विश्वकर्मालाई उमेद्वार बनाउने भएको छ ।

Bhautik ministry notice about road

बेनीको न्युरोड स्थित पार्टी कार्यालयमा शुक्रबार बसेको एकिकृत समाजवादीको नगर कमिटी बैठकले पार्टीका जिल्ला अध्यक्ष समेत रहेका विश्वकर्मालाई मेयरमा उमेद्वार बनाउने निर्णय गरेको हो ।

मेयरको उमेद्वारमा सिफारिस हुनुभएका विश्वकर्मा हाल बेनी नगर कार्यपालिकाको सदस्य हुनुहुन्छ । सचिवालय सदस्य वसन्त बानियाँले बेनी नगरपालिका–२ मा कुलबहादुर थापा, ५ मा चनबहादुर पाइजा, –६ मा महेन्द्र बानियाँ र –१० मा मुक्ति पाइजालाई वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय भएको जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...