फगामी र पुनलाई माओवादीको कारबाही

Gandaki Pardesh notice

बेनी । नेकपा (माओवादी केन्द्र)ले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना नेतालाई कारवाही गरेको छ ।

गाउँपालिका इञ्चार्ज समेत रहेका गण्डकी प्रदेश सदस्य वुद्धी पुन र गाउँपालिका कमिटिका अध्यक्ष ओम फगामीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको हो ।

Bhautik ministry notice about road

माओवादी केन्द्रका जिल्ला इञ्चार्ज गोविन्द पौडेलले प्रदेश कमिटिको बैठकले पुनलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको र फगामीलाई कारबाहीका लागि सिफारिस गरेको बताउनुभयो ।

Shreekrishna hardwear in news

गत स्थानीय तह चुनावमा माओवादी केन्द्रबाट अन्नपूर्ण–२ को वडा सदस्यमा निर्वाचित पुनले केही दिनअघि पार्टी त्यागेको घोषणा गर्नुभएको थियो । यसैगरी सोही वडाको अध्यक्षमा निर्वाचित फगामीले जिम्मेवारी पुरा नगर्ने, पार्टी अनुशासन निर्देशन भन्दा फरक गतिविधि सञ्चालन गर्ने, पार्टी विपरित कार्य गर्ने गरेकाले शुक्रबार कारबाही गरेको पौडेलले जनाउनुभएको छ ।

उहाँहरु दुवै जना वि.स. २०७४ को प्रदेश र प्रतिनिधीसभा चुनावको मुखैमा एमाले र माओवादी एकता भएर नेकपा नबन्दै एमाले प्रवेश गर्नुभएको थियो । सर्वोच्च अदालतको फैसलाले पुर्बवत पार्टी भएपछि दुवै जना माओवादीमा आवद्ध हुनुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...