मंगलामा माओवादीका उमेद्वार सिफारिस

Gandaki Pardesh notice

बेनी,। नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको मंगला गाउँपालिकाका उम्मेदवारहरु सिफारिस गरेको छ । शुक्रवार पालिका कमिटीको बैठकले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष पदका उम्मेदवारको नाम सिफारिस गरेको हो ।

मंगलामा माओवादीबाट गाउँपालिका अध्यक्ष पदमा टेकबहादुर विक, चन्द्रप्रसाद बुढाथोकि र पुनम खड्काको नाम सिफारिस भएको छ । विक, पार्टीको गण्डकी प्रदेश कमिटीको सह–सचिब, बुढाथोकि प्रदेश सदस्य र खड्का वाईसिएलको गण्डकी पदेशको सह–संयोजक हुनुहुन्छ ।

Bhautik ministry notice about road

त्यसैगरि उपाध्यक्ष पदको उम्मेदवारमा सुकमायाँ रोका र सविता अधिकारीको नाम सिफारिस भएको छ । मंगलाको पाँच वटै वडामा वडा अध्यक्षका उम्मेदवार भने सर्वसम्मत गरिएको छ । वडा नम्बर १ मा पृथिलाल विक, २ वडामा कुलप्रसाद पुन, ३ वडामा याम बहादुर रोका, ४ वडामा मनमायाँ चोचाङ्गे, ५ वडामा अष्टमान घर्तिलाई वडा अध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको छ ।

Shreekrishna hardwear in news

मनमाया माओवादी केन्द्रबाट वडा अध्यक्षको उमेद्वार बन्ने एक्ली नेता हुनुहुन्छ । नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश समिति सदस्य मनमाया हाल मंगला गाउँपालिका वडा नम्बर ४ को बाहलवाला कार्यवाहक वडा अध्यक्ष हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...