धवलागिरीमा काँग्रेस–माओवादीको चुनावी तालमेल

Gandaki Pardesh notice

बेनी, । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले चुनावी तालमेल गर्ने भएका छन् ।

दुवै पार्टीका पालिका स्तरका नेताहरुले शुक्रबार गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, सात वटा वडाका अध्यक्ष र सदस्यहरुमा साझा उमेद्वार बनाउने सहमति गरेका हुन् । गाउँपालिकाको अध्यक्ष, २,३,४ र ५ नम्बर वडाको अध्यक्षमा नेपाली काँग्रेस तथा १, ६ र ७ नम्बर वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले उमेद्वारी दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य किरन थापाले वडा सदस्यमा पनि साझा उमेद्वार बनाउने सहमति भएको जानकारी दिनुभयो । गाउँपालिका अध्यक्षको उमेद्वारमा नेपाली काँग्रेसका पालिका सभापति प्रेम पुन चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका गाउँपालिका सचिव रेशम पुनलाई उमेद्वार बनाउन सिफारिस भएको छ । काँग्रेसले वडा नम्बर ३ को अध्यक्षमा देवेन्द्र रोकालाई उमेद्वार बनाउने निर्णय गरेको छ । २, ४ र ५ नम्बर वडाको अध्यक्षका उमेद्वार छनौट हुन बाँकी छ ।

माओवादी केन्द्रले वडा नम्बर ६ मराङमा चक्र पुन र वडा नम्बर ७ ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने यसअघिनै निर्णय गरिसकेको थियो । माओवादीको भागमा परेको वडा नम्बर १ गुर्जाको वडा अध्यक्षमा हालका वडा अध्यक्ष झक छन्त्याललाई दोहो¥याउने चर्चा छ ।

काँग्रेसको भागमा परेको वडा नम्बर ५ मल्कवाङको वडा अध्यक्षमा अमर छन्त्याललाई उमेद्वार बनाउने चर्चा छ । दुई दलले सत्ता साझेदार नेकपा एकिकृत समाजवादीलाई पनि वडा तहमा समावेश गर्ने निर्णय गरेका छन् । कार्यपालिका सदस्य पनि बाँडफाड गर्ने दुई दलको सहमति छ । १० हजार ९४० जना मतदाता भएको धवलागिरी गाउँपाकिलामा १२ वटा मतदान स्थल र १६ वटा मतदान केन्द्र छन् ।

सत्ता साझेदार पाँच दलीय गठबन्धनले गत चैत २४ गते म्याग्दीका ६ वटै स्थानीय तह र ४५ वटै वडामा साझा उमेद्वार चयन गर्ने सैद्धान्तिक सहमति गरेपनि पालिका र वडा बाँडफाडमा कुरा नमिलेपछि अन्य पालिकामा एकल उमेद्वारी सिफारिस, छनौट र घोषणा गरिरहेका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...