म्याग्दीका छ वटै स्थानीय तहका प्रमुख पदमा काँग्रेसका उमेद्वार छनौट

Add Samajik bikash office

बेनी,। नेपाली काँग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीका छ वटै स्थानीय तहको प्रमुख पदका उमेद्वार सर्वसम्मत चयन गरेको छ ।

बेनी स्थित काँग्रेसको पार्टी कार्यालयमा वसेको जिल्ला कार्यसमितिको बैठकले अन्नपूर्ण, धवलागिरी र रघुगंगा गाउँपालिकाको अध्यक्ष तथा अन्नपूर्णको उपाध्यक्षको उमेद्वार छनौट गरेको हो । चारै जनाको नाम सर्वसम्मत छनौट भएको काँग्रेस म्याग्दीका सचिव हिरा पुनले जानकारी दिनुभयो ।

रघुगंगा गाउँपालिकामा बाहालवाला गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीलाई दोहो¥याएर उमेद्वार बनाउने भएको छ । अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा काँग्रेसको पालिका सभापति क्याप्टेन बलबहादुर तिलिजा पुनलाई उमेद्वार बनाउने निर्णय गरेको हो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिकाको अध्यक्षमा पालिका सभापति प्रेम पुनलाई उमेद्वार बनाउने निर्णय गरिएको सचिव पुनले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्णको उपाध्यक्षमा नागीकी ललिता तिलिजा पुनलाई उमेद्वार छनौट गरिएको छ ।

Bhautik ministry notice about road

रघुगंगाको उपाध्यक्ष शुक्रबार सम्म छनौट गरिने सचिव पुनले बताउनुभयो । धवलागिरी, मालिका, मंगला गाउँपालिका र बेनी नगरपालिकाको उपप्रमुखको उमेद्वार सत्ता साझेदार पाँच दलीय गठबन्धनसँग छलफल गरेपछि टुङ्गो लगाइने सचिव पुनले बताउनुभयो ।

यसअघि बेनीको मेयरमा चिरञ्जिवी शर्मा, मालिकाको अध्यक्षमा श्रीप्रसाद रोका र मंगलाको अध्यक्षमा बिरेन्द्र बुढाथोकीलाई उमेद्वार बनाउने निर्णय भइसकेको थियो ।

यसैगरी काँग्रेसले बेनी नगरपालिका–७ को वडा अध्यक्षमा वडा सभापति रमेश श्रेष्ठ र मंगला गाउँपालिका–२ को वडा अध्यक्षमा काँग्रेसका जिल्ला सहसचिव श्रीराम पौडेललाई उमेद्वार छनौट गरेको छ । यस्तै बेनी नगरपालिका–५ को अध्यक्षको उमेद्वारमा वडा सभापति यामबहादुर बानियालाई छनौट गरेको छ ।

काग्रेसले बिहिबारसम्म जिल्लाका ४५ वटा वडा मध्य ३० भन्दा बढीमा वडा अध्यक्षका उमेद्वार छनौट र सार्वजनिक गरिसकेको छ । सत्ता साझेदार पाँच दलीय गठबन्धनमा कुरा नमिले शनिबार सम्म सबै वडा र पालिकाको उपाध्यक्षका उमेद्वार पनि छनौट गरेर निर्वाचनमा जाने काँग्रेसको तयारी देखिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...