आचार संहिता पालना गर्ने प्रतिवद्धता

Gandaki Ghumau

बेनी, । म्याग्दीका राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला आचारसंहिता अनुगमन समिति म्याग्दीले बुधबार बेनीमा निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा उपस्थित नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेशलन मंगोल अर्गनाइजेशन, जनता समाजवादी लगायत राजनीतिक दलका प्रतिनिधीले आचारसंहिता पालना गरेर निर्वाचनलाई सफल बनाउने प्रतिवद्धता जनाउनुभएको हो । म्याग्दीका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला अदालतका न्यायाधिश तेजनारायण पौडेलले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउनुपर्ने बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन सवै पक्षबाट आचारसंहिता पालनामा सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले निर्वाचनलाई भयरहित बनाउन सुरक्षा योजना बनाइएको बताउनुभयो । निर्वाचनपुर्व, निर्वाचनको दिन र निर्वाचन पछिको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन कार्ययोजना बनाएको प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले चुनावको तयारीका लागि कार्यालयले आवश्यक तयारीका काम गरिरहेको बताउनुभयो । जनशक्ति आंकलन तथा परिचालन गर्ने, कर्मचारीको विवरण संकलन गर्ने काम भैरहेको बताउनुभयो ।

आचारसंहिता पालना अनुगमनका लागि जिल्ला स्तरमा प्रमुख निर्वाचन अधिकृतको संयोजकत्वमा समिति गठन गरिएको छ । निर्वाचन अधिकारी सदस्य सचिव रहनुभएको समितिको सदस्यहरुमा प्रजिअ, निर्वाचन अधिकृत, सुरक्षा अधिकारीहरु रहने व्यवस्था छ ।

कार्यक्रममा राजनीतिक दल, उमेद्वार तथा दलको भातृ संगठनले पालना गर्नुपर्ने आचरण, सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणको बारेमा जानकारी गराइएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...