माओवादीले लुलाङको वडा अध्यक्षमा कृष्ण बिकलाई उमेद्वार बनाउने

Gandaki Ghumau

बेनी, । नेकपा माओवादी केन्द्रले बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि म्याग्दीको धवलागिरी गाउँपालिका–२ लुलाङको वडा अध्यक्षको उमेद्वारमा कृष्ण बिकलाई छनौट गरेको छ ।

लुलाङमा बुधबार बसेको वडा कमिटिको बैठकले बिकलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उमेद्वार बनाउने निर्णय गरेको हो । वडा अध्यक्षको उमेद्वार सिफारिस हुनुभएका विक माओवादीको वडा कमिटीको पनि अध्यक्ष हुनुहुन्छ ।

Gunasthariya Shiksya

वडाका अन्य भूगोललाई समेटेर अन्य चार सदस्य पदका उमेद्वार पनि छनौट गरिने माओवादीले जनाएको छ । यसैगरी लुलाङमा बुधबार माओवादी केन्द्रले अगुवा कार्यकर्ता प्रशिक्षण गरेको छ ।

Shreekrishna

नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सहसचिव टेकबहादुर बिक, प्रदेश सदस्य खुमनाथ सुवेदी, गाउँपालिका अध्यक्ष यामन रोका, सचिब रेशम पुन, जिल्ला समन्वय समितिका सदस्य किरन थापा, रिमप्रकाश थापा, दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश सदस्य प्रेम दमाई लगायतले प्रशिक्षण दिनुभएको थियो । उहाँहरुले माओवादी आन्दोलनका कारण आएको परिवर्तनलाई संस्थागत गर्दै विभेदमुक्त समाज बनाउन माओवादीकै नेतृत्व आवश्यक पर्ने बताउनुभयो ।

लालबहादुर बिकको अध्यक्षतामा ११५ सदस्यीय चुनाव परिचालन र उत्तम विकको अध्यक्षतामा ९८ सदस्यीय वाइसीएल परिचालन समिति गठन भएको छ । लालबहादुर बिकको अध्यक्षता, माओवादीका पालिका कमिटी सचिव रेशम पुनको सञ्चालन र वाइसीएलका उत्तम विकको स्वागत मन्तब्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...